उर्मिलालाई फापेन राजनीति, कांग्रेस पार्टीबाट राजीनामा

Agency

महाराष्ट्रको विधानसभा निर्वाचन अगाडि कांग्रेस पार्टी ठूलो समस्यामा परेको छ। अभिनेत्री बाट नेत्री बनेकी उर्मिला मातोंडकरले कांग्रेस पार्टीबाट राजीनामा गरेपछि भारत महाराष्ट्रको निर्वाचनमा विपक्षी पार्टीलाई ठूलो धक्का लागेको छ।

उनीसँगै अर्का नेता कृपाशंकर सिंहले पनि पार्टीबाट राजीनामा गरेका थिए।उर्मिलाले आफूलाई प्रयोग मात्र गरिएको भन्दै राजीनामा गरेकी हुन्। उनले कांग्रेसमाथि आरोप लगाउँदै भनिन्, ‘मुम्बई कांग्रेसले ठूलो लक्ष्यमा ध्यान दिनुको सट्टा मलाई प्रयोग गरेर राजनीति गरिरहेको छ।’ उर्मिलाले उत्तरी मुम्बईबाट लोकसभाको निर्वाचन लड्दै भारतीय जनता पार्टीका गोपाल सेट्टीलाई पराजित गरेकी थिइन।

एचआइभी संक्रमित बच्चाका लागि के ल्याइदिउँ भनेर सोध्नुहुन्छ प्रधानमन्त्री पत्नी राधिका (भिडियोसहित)

बाल कलाकारको रुपमा बलिउडमा प्रवेश गरेकी उर्मिला हिन्दी सिनेमाकी चर्चित नायिका पनि हुन्। उनले २०१९ देखि कांग्रेसबाट राजनीति सुरु गरेकी हुन्।

उनी पछिल्लो समय ब्ल्याकमेलमा आइटम डान्समा देखा परेकी थिइन। मुम्बई कै स्थायीवासिन्दा उर्मिलाले १९८० मा ‘झाकोला’ बाट बाल कलाकारको रुपमा करिअरको सुरुवात गरेकी थिइन। ‘कलयुग’ उनको पहिलो हिन्दी फिल्म थियो, जुन १९८१ मा सार्वजनिक भएको थियो। उर्मिलाले १९८३ मा ‘मासुम’ फिल्ममा बाल कलाकारको रुपमा काम गरेकी थिइन।

प्रकाशित मिति: : 2019-09-12 18:38:45

प्रतिकृया दिनुहोस्