नेपाली भाषालाई माया गर्ने भूपेनलाई ‘भारत रत्न’

Agency

नेपाली भाषालाई निकै माया गर्ने आसामका चर्चित गायक तथा संगीतकार भूपेन हजारिका भारतको सबैभन्दा ठूलो सम्मान ‘भारत रत्न’ बाट सम्मानित भएका छन्।

बिहीबार राजधानी नयाँ दिल्लीमा उनलाई मरणोप्रान्त ‘भारत रत्न’ बाट सम्मानित गरियो। रुधाली फिल्मको ‘दिल हुम हुम करेँ’ गीतबाट निकै चर्चा कमाएका हजारिकाको सन् २०११ मा ८५ वर्षको उमेरमा निधन भएको थियो।

याे पनि पढ्नुहाेस।

चर्चित नेपाली पप गायक नोर्देन तेन्जिङ रहेनन्, बेलायतमा निधन

को 'घाँटीभन्दा तल त राम्री नै छे' ?

उनी यसअघि पद्म भूषणबाट पनि सम्मानित भइसकेका थिए। भारतीय संगीतको ‘बब डिलन’ मानिने हजारिकाले असामिया–नेपाली गीत पनि गाएका थिए। उनले संगीत दिएको ‘आसामकी चेली हूँ म नेपाली’ निकै चर्चित छ। भूपेनले सन् १९५२ मा अमेरिकाको कोलम्बिया विश्वविद्यालयबाट समाजशास्त्रमा पीएचडी गरेका थिए।

भूपेनसँगै पूर्व राष्ट्रपति प्रणव मुखर्जी र भारतीय जन संघका नेता नानाजी देशमुखलाई पनि ‘भारत रत्न’ बाट सम्मानित गरिएको थियो।

याे पनि हेर्नुहाेस।

किन बढ्दै छ कतारमा विप्लव माओवादीको आकर्षण? (भिडियो सहित)

 

प्रकाशित मिति: : 2019-08-09 01:07:36

प्रतिकृया दिनुहोस्