अमिताभले दिए असम बाढी पीडितलाई ५१ लाखको चन्दा

बिएल

भारतका महानायक अमिताभ बच्चनले असम बाढी पीडितको सहयोगका लागि ५१ लाख रुपैयाँ चन्दा दिएका छन्।

उनले मंगलबार असम मुख्यमन्त्रीको सहायता खातामा बाढी पीडितका लागि चन्दा दिएका हुन्।

अमिताभको सहयोगका लागि मुख्यमन्त्री सर्बानन्द सोनुवालले धन्यवाद ज्ञापन गरेका छन्। असममा बाढीको बितण्डाले २ हजार ५ सय २३ गाउँ प्रभावित भएका छन्।

यसअघि अक्षय कुमारले १ करोड, श्रद्धा कपुर र दिया मिर्जाले पनि चन्दा दान गरेका थिए।

असममा आएको बाढीका कारण ६३ जनाको ज्यान गइसकेको छ।

प्रकाशित मिति: : 2019-07-23 23:55:40

प्रतिकृया दिनुहोस्