शिल्पा शेट्टी १२ वर्षपछि ठूलो पर्दामा फर्किदै

Agency

शिल्पा शेट्टी १२ वर्षपछि पुनः फिल्ममा फर्किदै छिन्। शिल्पा अभिनेता र गायक दिलजीत दोसांझ र यामी गौतम अभिनित फिल्ममा महत्वपूर्ण भूमिकामा देखा पर्दैछिन्।

अजिज मिर्जाका छोराले निर्देशन गर्ने फिल्ममा शिल्पा लेखकको भूमिकामा देखापर्न लागेको मुम्बईबाट प्रकासित हुने मुम्बई मिरर पत्रिकाले जनाएको छ।
फिल्मको निर्माण रमेश तौरानीले गर्दैछन्।

अजिजका जेठा छोरा हारुन मिर्जा यही फिल्मबाट निर्देशकको भूमिकामा बलिउडमा प्रवेश गर्दैछन्।

हारुनले बलिउड स्टार शाहरुख खान अभिनित फिल्म ‘राजु बन गया जेन्टलम्यान’ र ‘यस बोस’ मा सहायक निर्देशकको भूमिका निर्वाह गरेका थिए।

फिल्मको सुटिङ अगस्टबाट सुरु हुने बताइएको छ। शिल्पा हाल लन्डनमा छुट्टी मनाइरहेकी छिन्। अगस्टको पहिलो साता उनी मुम्बई फर्किदै छिन्। यसपछि सुटिङ सुरु हुनेछ।

शिल्पा लामो समयदेखि टेलिभिजनको रियालिटी सोमा मात्र देखा पर्दैछिन्। उनी आफ्नो फिटनेश एप र अनलाइन कुकरी सोमा हिजोआज व्यस्त देखिन्छिन्।
फिल्मको कहानी निरज वोराले लेखेका हुन्।

 

प्रकाशित मिति: : 2019-07-20 09:25:54

प्रतिकृया दिनुहोस्