‘डायन’ अभिनेत्रीलाई स्वाइन फ्लू

Agency

भारतीय टेलिभिजनबाट प्रसारण हुने टेलिभिजन शृंखला ‘डायन’ मा मुख्य भूमिका निर्वाह गरिरहेकी अभिनेत्री टिना दत्तालाई स्वाइन फ्लू भएको छ। सुत्रका अनुसार उनलाई अहिले मुम्बईस्थित एक अस्पतालमा भर्ना गरिएको छ।

लामो समयदेखि सञ्चो नभए पनि उनले सुटिङ गरेकी थिइन। तर, सेटमा उनको स्वास्थ्य झन् बिग्रिएपछि डिग्री लगाएर शरीरको तापक्रम नाप्दा १ सय ४ देखाएको थियो।

उनलाई तुरुन्त पवईस्थित हिरानन्दानी अस्पतालमा भर्ना गरिएको बताइएको छ। चिकित्सकरूले उनलाई दुई साता आराम गर्न सल्लाह दिएका छन्।

 

प्रकाशित मिति: : 2019-07-19 13:03:15

प्रतिकृया दिनुहोस्