भानुजयन्तीमा राष्ट्रकवि माधवप्रसाद घिमिरे र धर्मपत्नीलाई रथारोहणसहित अभिनन्दन

भानु प्रतिष्ठानद्धारा २०६ औं भानुजयन्तीको अवसरमा आइतवार आयोजित प्रभातफेरी कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे र उहाकी धर्मपत्नीलाई रथारोहण गर्दै । तस्वीर : प्रदीपराज वन्त

राष्ट्रकवि माधवप्रसाद घिमिरे र उनकी धर्मपत्नी महाकाली घिमिरेलाई २०६ औं भानुजयन्तीको अवसरमा रथारोहणसहित अभिनन्दन गरिएको हो ।

भानु प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गरिएको हो ।

उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रकविलाई उनकै कद बराबर अभिनन्दनपत्र मार्फत सम्मान गर्दै राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गर्न पाउँदा गर्व लागेकाे बताए।

कार्यक्रममा भानु प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाली साहित्य परिषद् सिक्किम, असम नेपाली साहित्य सभा, नेपाली साहित्य परिषद्, मणिपुर, नेपाल जनसांस्कृतिक मञ्च, कोलकोता, अखिल म्यान्मार देशीय हिन्दु धार्मिक संघ, म्यान्मारले भानुजयन्तीको अवसर पारेर राष्ट्रकवि घिमिरेलाई दोसल्लासहित अभिनन्दन पत्रद्वारा सम्मान गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य र दीर्घायुको शुभकामना सन्देश पनि पोखरेलले पढेर सुनाएका थिए ।

अभिनन्दनपछि राष्ट्रकवि घिमिरेले आफूलाई सम्मान गरेकोमा आभार व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति: : 2019-07-14 17:41:17

प्रतिकृया दिनुहोस्