इमरान हासमीले लम्बर्गीनी किनेपछि युजर्सले उडाए–खाल्डोबाट जोगाउनु होला

Agency

बलिउड कलाकार इमरान हासमीले विश्वको महंगो कार मध्येको एक लम्बर्गीनी खरिद गरेका छन्। उनी अहिले आफ्नो नयाँ फिल्म ‘चेहरे’ को सुटिङमा व्यस्त छन्। यो फिल्ममा इमरानसँगै अमिताभ बच्चन पनि समावेश छन्।

उनले फिल्मको रिलिज पूर्व नै लम्बर्गीनी कार खरिद गरेको जानकारी आफ्नो सोशल मिडियाबाट दिएका हुन्। उनले सोशल मिडियामा कारको फोटो सार्वजनिक गरेपछि उनको समर्थकहरूले रोचक कमेन्ट्स गरेका छन्। एकजना युजर्सले उनले टेस्ट ड्राइभका लागि मात्र कार प्रयोग गरेको प्रतिक्रिया दिएका छन् भने अर्को युजर्सले मुम्बईको बाटो लम्बर्गीनीका लागि उपयुक्त नभएको भन्दै गाडीलाई खाल्टोबाट जोगाउन सुझाव दिएका छन्।

प्रकाशित मिति: : 2019-07-11 18:07:40

प्रतिकृया दिनुहोस्