दीपाको कहीँ चोट सार्बजनिक (भिडियोसहित)

तस्बिरः बिएल

काठमाडौं । लामो समयदेखि अमेरिकामा रहेर साहित्य साधना गरिरहेकी कवि तथा गीतकार दीपा राई पुनको ‘कहीँ चोट...’ बोलको गीत सार्बजनिक भएको छ।

राजधानीमा कार्यक्रमका बीच बरिष्ठ कवि एवं प्राज्ञ मञ्जुलले गीतको भिडियो प्ले गरेर गीत सार्बजनिक गरेका हुन् ।

गीतको म्युजिक भिडियो गीतकार दीपा राईको आफ्नै युट्युब च्यानल मार्फत वल्र्डवाइड सार्बजनिक गरिएको हो। गीतलाई संगीतकार हरि लम्सालले संगीत गरेका हुन् भने गायक शिव परियारले स्वर भरेका छन्।

गीतको फिमेल भर्सनमा निशा देशारको स्वर रहेको छ। निराजन प्रधान र एलिसा राईको मुख्य फिचर्ड भएको उत्त भिडियो खगेन्द्र पन्धाक लिम्बुले निर्देशन गरेका हुन्।

ईनुमा राई र मनु थक्लुङ भिडियोको सहयोगी भूपिकामा छन् भने गीतको छायांकन अर्जुन तिवारीले गरेका हुन्। कार्यक्रममा गीतमाथि कवि श्रवण मुकारूङ, विप्लव प्रतिक, गायक शिव परियार, संगीतकार हरि लम्साल र बरिष्ठ कवि तुलसी दिवसले धारणा राखेका थिए ।

‘सिर्जनाले जहिले पनि मानिसको आत्मा जोड्ने काम गर्छ भन्ने विस्वास लिन्छु म। यही विस्वासले आज तपाइँहरु सँग छु म,’ गीतकार दीपाले भनिन्,‘गीत एउटा बाहाना मात्रै हो, मेरो उद्धेस्य तपाईहरु सबैसंग भेट गर्नु थियो । जो पुरा भएको छ।’

हेर्नुहोस् भिडियो

प्रकाशित मिति: : 2019-07-09 13:23:54

प्रतिकृया दिनुहोस्