शाहरुख खान तमिल फिल्ममा डेब्यु गर्दै, भिलेनको भूमिकामा

Agency

बलिउडका ‘किङ खान’ शाहरुख तमिल फिल्ममा डेब्यु गर्दैछन्। त्यो पनि भिलेनको भूमिकामा।

उनी तमिल स्टार विजयको निमार्णाधीन फिल्म ‘बिगिल’ मा नकरात्मक भूमिकामा देखा पर्दैछन्।

भारतबाट प्रकाशित हुने एक अंग्रेजी वेभसाइटका अनुसार शाहरुख ‘क्यामियो’ को भूमिकामा देखा पर्नेछन्। फिल्ममा उनको प्रवेश ‘क्लाइमेक्स’ मा हुनेछ। उनी विजयसँग द्धन्द गरिरहेको देखिने छन्। शाहरुख र विजयको एउटा विशेष गीत पनि सार्वजनिक हुने बताइएको छ।

फिल्ममा विजयको अभिनेत्रीको रुपमा नयनतारालाई अनुबन्धित गरिएको छ। ‘बिगिल’ को पहिलो पोस्टर विजयको जन्मदिन २१ जुनमा रिलिज गरिएको थियो। विजय बुवा र छोराको दोहोरो भूमिकामा देखा पर्दैछन्। फिल्म यसै वर्षको २७ अक्टुबरमा रिलिज हुँदैछ।

शाहरुखबाहेक अमिताभ बच्चन पनि तमिल फिल्ममा डेब्यु गर्दैछन्। अमिताभ उयर्नथा मनिथनमा देखा पर्दैछन्।

प्रकाशित मिति: : 2019-07-05 14:04:32

प्रतिकृया दिनुहोस्