सलमान ‘दबंग ३’ का लागि १५ केजी तौल घटाउँदै

Agency

सलमान खानले आफ्नो अघिल्लो फिल्म ‘दबंग ३’ का लागि १५ किलो तौल घटनाउने भएका छन्।

उनको आगामी फिल्म त्रिकोणात्मक प्रेम सम्बन्धमा आधारित हुनेछ। फिल्मलाई लिएर उनका समर्थकहरू निकै उत्साही रहेको भारतीय अखबारहरूले जानकारी दिएका छन्।

सलमानले ‘दबंग ३’ मा तौल घटाउन आमिर खानको फर्मुला लागु गर्दैछन्। आमिरले ‘दंगल’ फिल्ममा पनि सुरुमा तौल बढाएर पछि तौल घटनाएका थिए। यस्तै, ‘दबंग ३’ मा पनि सलमानले तौल बढी भएको पार्टको सुटिङ सम्पन्न गरिसकेका छन्।

सलमानले युवा पुस्तालाई आकर्षित गर्न तौल घटनाउन लागेको बताइएको छ।

अहिले उनी टिनएजमा आफूलाई ढाल्न तौल घटाउन थालेको बताइएको छ।

सलमान महेश मान्ज्रेकरको छोरी अश्वमीसँग रोमान्टिक सिन गरिरहेका छन्।
‘दबंग ३’ मा सलमान पापडगञ्ज चौकीको इन्स्पेक्टरको भूमिकामा रहनेछन्।

 

प्रकाशित मिति: : 2019-07-05 13:44:05

प्रतिकृया दिनुहोस्