भाग्यश्रीका श्रीमान जुवा र्‍याकेट चलाएको आरोपमा पक्राउ

Agency

बलिउडका दबंग हिरो सलमान खानसग कुनै बेला हिट फिल्म खेलेकी भाग्यश्री हिजाआज खराब समयबाट गुज्रिरहेकी छिन्। उनको श्रीमान हिमालय दासानीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। जुवाको अड्डा सञ्चालन गरेको आरोपमा महाराष्ट्रको अंबोलीस्थित प्रहरीले दासानीलाई पक्राउ गरेको हो। उनी केही समयपछि जमानतमा छुटेका थिए।

गैरकानुनी रुपमा जुवा खेलेको आरोपमा १५ जनालाई पनि प्रहरीले पक्राउ गरेको थियो। गत महिना प्रहरीले थुप्रै ठाउँमा छापा हानेको थियो। जसमा दासानीको नाम पहिलो पल्ट जुवा र्‍याकेट सञ्चालकको रुपमा बाहिर आएको थियो।

राजश्री प्रोडक्सनले निमार्ण गरेको मैने प्यार किया फिल्म हिट भएलगत्तै भाग्यश्रीले दासानीसग १९९० मा विवाह गरेकी थिइन। उनले यसपछि फिल्मबाट बिदा लिएकी थिइन। दासानी कन्स्ट्रक्सन व्यापारी हुन्। भाग्यश्रीको दुई सन्तान छन्।

प्रकाशित मिति: : 2019-07-03 17:41:06

प्रतिकृया दिनुहोस्