यो यो हनी सिंहको गीत फेरि विवादमा, महिला आयोगको आपत्ति

Agency

बलिउडका चर्चित गायक हनी सिंह एकपल्ट फेरि विवादमा फसेका छन्। उनको गीत मखनालाई लिएर महिला आयोगले असन्तुष्टी जाहेर गरेको छ। गीत गत वर्ष डिसेम्बरमा रिलिज भएको थियो। पञ्जाब राज्यको महिला आयोगले गीतमा महिलाको विषयमा प्रयोग गरिएको भाषा आपत्तिजनक भएको भन्दै कार्यवाहीको माग गरेको छ।

महिला आयोगकी अध्यक्ष मनिषा गुलाटीले गृह सचिव, डिजिपी र क्राइम विभागलाई चिट्ठी लेख्दै हनी सिंहमाथि कार्यवाहीको माग गरेकी छिन्।

गीतमा मे हू वुमनाइजर र सिलिकन वाली लड्कियोका मै पकडता नही जस्ता आपत्तिजनक शब्द प्रयोग गरेका थिए। महिला आयोगले हनीलाई यसअघि नै नोटिस पठाइसकेको छ।

गुलाटीले गीतलाई प्रतिबन्ध लगाउन माग गरेकी छिन्। उनले गीत बजाउन मन्जुरी दिने सेन्सर बोर्डप्रति पनि आपत्ति जनाएकी छिन्।

हनी गीतका कारण विवादमा आएको यो पहिलो अवसर होइन। उनी २०१३ मा पहिलो पल्ट मै बलात्कारी गीतलाई लिएर विवादमा तानिएका थिए।

 

प्रकाशित मिति: : 2019-07-03 17:23:45

प्रतिकृया दिनुहोस्