चर्चित गायिका रेहाना एक्कासी रंगशालामा देखिएपछि

तस्बिरः एजेन्सी

चर्चित गायिका रेहानाको खेल प्रेमबाट सायदै कोही अनभिज्ञ होला। आफ्नो व्यस्त समय निकाल्दै उनले लेकर्सको खेल हेरेको धेरै समय पनि बितेको छैन। उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन र मार्सेइको खेल हेर्न रंगशालामै पुगेकी थिइन।

सोमबार यस्तै व्यस्त समयका बाबजुद रेहाना वेष्ट इन्डिज र श्रीलंकाको खेल हेर्न बेलायत पुगेकी थिइन। उनलाई टेस्ट क्रिकेटको सेतो जर्सीको रंगमा तयारी पारिएको पहिरनसहित भिभिआइपी लाउन्जमा देखेपछि दर्शकहरू थप उत्साही भएका थिए।

रेहानाको जन्म बारबोड्समा भएको थियो। उनी वेष्ट इन्डिज क्रिकेटकी फ्यान हुन्। सोमबार उनी क्रिकेट ब्याट बोकेर वेष्ट इन्डिजको ‘क्याप’ लगाउँदै रंगशाला प्रवेश गरेकी थिइन। द्यर्शकदीर्घाबाट उनले अवलोकन गरेको खेल वेष्ट इन्डिजले २३ रनले हारेको थियो।

प्रकाशित मिति: : 2019-07-02 16:17:34

प्रतिकृया दिनुहोस्