जायराको फिल्म नखेल्ने निर्णयप्रति रवीनाको कटाक्ष

Agency

‘दंगल गर्ल’ जायरा वासिमको हिन्दी फिल्म नखेल्ने निर्णयको भेट्रान अभिनेत्री रवीना टन्डनले आलोचना गरेकी छिन्। २ वटा फिल्म खेल्ने वित्तिकै फिल्मी उद्योगको विषयमा धारणा बनाउनु गलत भएको भन्दै रवीनाले जायरालाई उनको पुरानो सोच आफूमा मात्र सिमित राख्न आग्रह गरेकी छिन्।

रवीनाले जायराको ट्वीटको उत्तर दिँदै भनिन्, ‘केही फरक पर्दैन्, जसले २ वटा मात्र फिल्ममा काम गरेका छन्, फिल्म इन्डस्ट्री प्रति कृतज्ञता महसुस गर्दैनन्, जसले यहाँबाट थुप्रै कुरा पाएका छन्। आशा गरौं, उनी शान्तसँग यहाँबाट विदा हुन् र आफ्नो पुरानो सोचलाई आफूसँग मात्र सिमित राखुन्।

जायराले ‘दंगल’ र ‘सुपर सेक्रेट’ गरी दुई वटा हिट फिल्म खेलेकी थिइन। उनले आफ्नो धार्मिक कार्यमा फिल्म अड्चन बनिरहेको भन्दै आइतबार एक्कासी फिल्मबाट सन्यास लिने घोषणा गरेकी थिइन।

प्रकाशित मिति: : 2019-07-01 13:24:33

प्रतिकृया दिनुहोस्