आयुष्मानको ‘आर्टिकल–१५’ को दोस्रो दिनको कमाइ १२ करोडमाथि

कम बजेटमा हिट फिल्म दिन माहिर आयुष्मान खुरानाको दुई दिनअगाडि रिलिज भएको फिल्म ‘आर्टिकल–१५’ ले बक्स अफिसमा राम्रो आम्दानी गरिरहेको छ। उनको फिल्मले दोस्रो दिन १२ करोड २७ लाख कलेक्सन गरेको बलिउड फिल्मका बजार विश्लेषक तरुण आदर्शले बताएका छन्।

आयुष्मानको अहिलेसम्म रिलिज कुनै पनि फिल्मले यति धेरै आम्दानी गरेको थिएन। यो फिल्मले अझ राम्रो आम्दानी गर्न सक्ने बताइएको छ।

आयुष्मानको अहिलेसम्म सबैभन्दा बढी कमाइ भएको फिल्म नै ‘बधाई हो’ थियो। गत वर्ष रिलिज भएको यो फिल्मले ७ करोड ३५ लाख व्यापार गरेको थियो। तर, ‘आर्टिकल–१५’ ले एकै दिन ७ करोड आम्दानी गरेको छ।

प्रकाशित मिति: : 2019-06-30 18:37:53

प्रतिकृया दिनुहोस्