आयुष्मान खुरानाको ‘आर्टिकल १५’ अर्को कीर्तिमानतिर

Agency

कम बजेटमा हिट फिल्म दिन माहिर मानिने बलिउड अभिनेता आयुष्मान खुरानाको अर्को फिल्मले पनि राम्रो व्यापार गरेको छ। उनले अभिनय गरेको ‘आर्टिकल १५’ फिल्म शुक्रबार सार्वजनिक भएको थियो।

फिल्मले एक दिनमै ५ करोड २ लाख कमाई गरिसकेको छ। कमाईको हिसाबमा उनको यो फिल्मले नयाँ कीर्तिमान राख्ने बलिउड फिल्मका व्यापार समीक्षक तरुण आदर्शले बताएका छन्।

आयुष्मानको गत वर्ष रिलिज ‘बधाई हो’ फिल्मले ७ करोड ३५ लाख व्यापार गरेको थियो। तरुण आदर्शका अनुसार उनको त्यो रेकर्ड छिट्टै भंग हुनेछ।

आयुष्मानको ‘शुभमंगल सावधान’ ले २ करोड ७१ लाख, ‘अन्धाधुन’ ले २ करोड ७० लाख र ‘बरेली कि बर्फी’ ले २ करोड ४२ लाख व्यापार गरेको थियो।

प्रकाशित मिति: : 2019-06-29 18:07:57

प्रतिकृया दिनुहोस्