दबंग–३ मा सलमानका बुवा विनोदका भाई

Agency

बलिउडका सुपर स्टार सलमान खान हिजोआज आफ्नो आगामी फिल्म ‘दबंग–३’ को सुटिङमा व्यस्त छन्। ‘दबंग’ को अघिल्लो दुई सिक्वेलमा सलमानको बुवाको अभिनय विनोद खन्नाले गरेका थिए।

विनोद खन्नाको निधन यसै बर्ष भएको थियो। त्यसैले उनको स्थानमा तेस्रो सिक्वेलमा कसले सलमानको बुवाको अभिनय गर्छ भन्ने कौतुहलता सबैमा थियो।

दर्शकहरूको यो कौतुहलतालाई सलमानले चिरेका छन्। उनले आफ्नो आगामी फिल्ममा बुवाको अभिनय विनोद खन्नाकै भाई प्रमोद खन्नाले गर्ने बताएका छन्।
फिल्ममा सोनाक्षी सिन्हा पनि हुनेछिन्। फिल्मको निर्देशन प्रभु देवाले गर्दैछन्।

सलमानले ‘दबंग ३’ अघिल्लो वर्ष डिसेम्बर २० मा रिलिज हुने बताइसकेका छन्। फिल्ममा खल नायकको अभिनय दक्षिणका सुपरस्टार सुदीपले गर्दैछन्।

प्रकाशित मिति: : 2019-06-29 17:32:49

प्रतिकृया दिनुहोस्