निता अम्बानीको एउटै ब्यागको मूल्य २ करोड ६० लाख

Agency

भारतका सर्वाधिक धनी व्यक्ति मुकेश अम्बानीको श्रीमति निताले बोकेको एउटा ब्याग हिजोआज सोशल मिडियामा निकै भाइरल भइरहेको छ। रिलायन्स फाउन्डेशनकी अध्यक्ष निताले २ करोड ६० लाख मूल्य बराबरको एउटा हाते ब्याग बोकेकी थिइन, जुन सोशल मिडियामा भाइरल भएको हो।

निताले बोकेको ब्यागमा २ सय ४० वटा हिरा जडिएको बताइएको छ। यो हमर्र्स हिमालया वर्किन ब्याग हो। जुन हाते ब्याग बनाउनका लागि विश्व प्रसिद्ध छ।

बेलायतमा सामान लिलामी गर्ने क्रिस्टिज डटकमले जनाएअनुसार निताले बोकेको हिमालया वर्किन ब्यागमा १८ क्यारेटको सुनको बराबरीमा २ सय ४० हिरा जोडिएको छ।

यो ब्याग बेलायती अभिनेत्री तथा गायिका जेन वर्किनको नामबाट राखिएको हो।

इन्स्टाग्राममा भाइरल भएको निताको ब्यागको फोटो बलिउडकी पूर्व अभिनेत्री करिश्मा कपुरले सेयर गरेकी थिइन। करिश्मा र करिना कपुरसँगै निता वर्किन ब्याग बोकेर बीचमा उभिएकी थिइन। करिश्माले तीन जनाको फोटो सार्वजनिक गर्दा ब्याग भाइरल भएको हो।

प्रकाशित मिति: : 2019-06-29 14:47:17

प्रतिकृया दिनुहोस्