करिश्माद्वारा मानिविकी लिएर सरकारी स्कूल पढ्ने घोषणा

एसईईमा ‘बी प्लस’ ग्रेड ल्याएकी नायिका करिश्मा मानन्धरले मानविकी विषय लिएर सरकारी स्कुलमा पढ्ने घोषणा गरेकी छिन्।

उनले सरकारी स्कुल भन्ने वित्तिकै गरिबले पढ्ने भन्ने मानसिकता अझैं रहेकाले त्यसलाई भत्काउन यस्तो निर्णय गरेको बताइन् ।उनले अगाडि भनिन्- 'सरकारी स्कुलको पढाइ पनि नराम्रो हुदैन भन्ने सन्देश दिन चाहन्छु।’

उनले आफू राम्रो कलेजमा जान सक्ने भए पनि आफूले त्यसो नगर्ने बताइन् । 

अभिनेत्री करिश्माले आफू धेरै राम्रो विद्यार्थी नभएको बताउँदै मानविकीमा ‘प्लस टू’ गर्ने बताइन् । उनले भनिन्- म सामाजिक कार्यमा भएकाले मानविकी नै मेरो लागि सही फ्याकल्टी हुन्छ । 

 

प्रकाशित मिति: : 2019-06-28 20:56:58

प्रतिकृया दिनुहोस्