बाटोमा दुर्ब्यवहार बेहोरेकी पूर्व मिस इन्डिया युनिभर्स पुलिससँग दुःखी

Agency

पूर्व मिस इन्डिया युनिभर्स उशोसी सेनगुप्तासँग भारत पश्चिम बंगालको राजधानी कोलकातामा दुर्ब्यवहार भएको छ। उनलाई केही केटाहरूले कोलकाताको बाटोमा दुर्ब्यवहार गरेका थिए। 

सेनगुप्ताले आफूसँग भएको दुर्ब्यवहारको भिडियो मंगलबार सोशल मिडियामा पोष्ट गरेपछि कोलकाता पुलिसको आलोचना भइरहेको छ।

सेनगुप्ताले पनि आफूमाथि भएको दुर्ब्यवहारका आरोपीलाई प्रहरीले केही नगरेको भन्दै आलोचना गरेकी छिन्।

चारै तर्फबाट विरोध भएपछि प्रहरी सक्रिय भएको बताइएको छ। कोलकाता प्रहरीले आरोपीलाई छिट्टै कार्यवाही गर्ने आश्वासन दिएको भारतीय अखबारहरूले बताएका छन्। प्रहरीका अनुसार हालसम्म ७ जना पक्राउ परिसकेका छन्।

उशोसी सन् २०१० मा मिस इन्डिया युनिभर्स घोषित भएकी थिइन।

प्रकाशित मिति: : 2019-06-19 10:12:04

प्रतिकृया दिनुहोस्