फिल्मको सुटिङ बीचैमा छोडेर घर फर्किए रणवीर–आलिया

तस्बिरः एजेन्सी

बिहेको तयारीमा रहेका बलिउड स्टार रणवीर कपुर र आलिया भट्ट आफ्नो अघिल्लो फिल्म ‘ब्रम्हास्त्र’ को सुटिङ बीचैमा छोडेर मुम्बई फर्किएका छन्।

उनीहरू बनारसमा सुटिङमा व्यस्त थिए। सोमबार राती उनीहरू मुम्बई विमानस्थलमा फर्किदै गरेको अवस्थामा देखा परे। मुम्बईबाट प्रकाशित हुने मिरर पत्रिकाका अनुसार रणवीर–आलियाको सुटिङको समय अझै ३ दिन थियो। तर, आलियाको स्वास्थ्य अचानक बिग्रिएपछि उनीहरू मुम्बई फर्किएका हुन्।

यी जोडीले बनारसमा अझै एउटा गीतको सुटिङ पुरा गर्नुछ। आलिया सुटिङ पुरा गरेर मात्र मुम्बई फर्किन चाहन्थिन् तर निर्देशक अयान मुखर्जीले आलियाको बिग्रदो स्वास्थ्य अवस्था हेरेर सुटिङ बीचैमा रोकेका थिए।

बाँकी सुटिङ नोभेम्बर महिनामा हुने जनाइएको छ। मुम्बई फर्किएर आलिया सिधै चिकित्सक कहाँ पुगेकी थिइन। उनी पूर्णरुपले स्वास्थ्य भएर मात्र काममा फर्किने बताइएको छ।

उनको स्वास्थ्यको विषयमा अन्य कुरा गोप्य राखिएको छ। ‘ब्रम्हास्त्र’ मा अमिताभ बच्चनको मुख्य भूमिका छ। साथै यस फिल्ममा मौनी रोय, नागार्जुन पनि समावेश छन्। फिल्म यसै वर्षको २५ डिसेम्बरमा रिलिज गर्ने भनिएपनि सलमान खानको ‘दबंग–३’ का कारण मिति अगाडि सारिएको छ।

प्रकाशित मिति: : 2019-06-18 15:36:30

प्रतिकृया दिनुहोस्