सलमान खानको फिल्म प्रमोशन गर्ने नयाँ काइदा

तस्बिरः एजेन्सी

बलिउडका दबंग हिरो सलमान खानले फिल्म प्रमोशनको नयाँ ‘फन्डा’ खोजेका छन्। आफ्नो भर्खरै रिलिज फिल्म ‘भारत’ को कमाइमा विश्व कप क्रिकेटले प्रभाव पार्न थालेपछि उनले प्रमोशनको नयाँ तरिका खोजेका हुन्।

‘भारत’ ले विदेशमा राम्रो कमाइ गरेको छ। तर, देशभित्र सोचेजति कमाइ गर्न नसकेपछि सलमानले आफ्नो फिल्मतर्फ दर्शकलाई आकर्षण गराउन नयाँ ‘फन्डा’ निकालेका हुन्।

उनको फिल्मले ११ दिनमा १ सय ९४ करोडको व्यापार देशभित्र गरेको छ। आफ्नो फिल्मले २ सय करोड क्लबमा प्रवेश पाउन बढी दिन लगाएपछि सलमानले क्रिकेटको सहारा लिएका छन्।

उनले आइतबार भारत–पाकिस्तान बीचको खेल भारतीय टिमको जर्सी लगाएर हेरेका थिए। उनले सोशल मिडियामा भारतको जर्सी लगाएर भारतीय टिमलाई जितको शुभकामना पनि दिएका थिए। सोशल मिडियामा उनले बधाई छ टिम भारत भन्दै आफ्नो फिल्मको पनि प्रचार गरेका थिए।

भारत र पाकिस्ताबीच खेल भएको दिन फिल्मले ५ करोडको मात्र व्यापार गरेको थियो। भारतले ४ दिनमा १ सय करोडको व्यापार गर्दै सनसनी मच्चाएपनि यसपछि उसको व्यापार सोचे जस्तो बलियो हुन सकेको छैन।

प्रकाशित मिति: : 2019-06-18 13:08:46

प्रतिकृया दिनुहोस्