‘भारत’ मा सलमानसँग काम नगर्नुको रहस्य खोलिन् प्रियंकाले

तस्वीरः एजेन्सी

सलमान खान र कटरिना कैफ अभिनित फिल्म ‘भारत’ ले बक्स अफिसमा अहिले उग्र कमाई गरिरहेको छ। केही दिनभित्रै यो फिल्मले १ सय ६७ करोडको आम्दानी गरिसकेको छ।

तर, बलिउडकी अर्की नायिका प्रियंका चोपडाले सलमानको यस फिल्मलाई ‘नाच्ने–गाउने’ फिल्म भन्दै ठट्टा गरेकी छिन्।

‘भारत’ मा पहिले कटरिनाको स्थानमा प्रियंकालाई हस्ताक्षर गरिएको थियो। तर, उनले फिल्ममा समय दिन नसक्ने बताएपछि उनको विकल्पको रुपमा कटरिनालाई हस्ताक्षर गरिएको थियो।

प्रियंकाले अहिले आएर फिल्म छोड्नुको रहस्य खोलेकी छिन्। उनले घुमाउँरो पारामा यो फिल्ममा नाच्ने र गाउने बाहेक आफ्नो कुनै भूमिका नभएको बताइन्।

प्रियंकाले फिल्म छोडेको विषयलाई लिएर सलमान पहिले आगो भएका थिए। तरपछि उनले सार्वजनिक रुपमा प्रियंकासँग आफ्नो कुनै किसिमको मतभेद नभएको बताए।
प्रियंकाले फिल्म हिट भइसकेको अवस्थामा अहिले आएर दिएको प्रतिक्रियाले सलमानसँग उनको सम्बन्ध फेरि खराब हुने सम्भावना बलियो छ।

प्रियंकाले मंगलबार रिलिजको तयारीमा रहेको आफ्नो फिल्म ‘द स्काई इज पिंक’ का लागि एउटा पार्टीको आयोजना गरेकी थिइन्। पार्टीमा प्रियंकाकी आमा मधु चोपडालगायत थुप्रै कलाकार समावेश थिए।

प्रकाशित मिति: : 2019-06-13 18:45:10

प्रतिकृया दिनुहोस्