सन्नी लियोनीको नेपाली फिल्म ‘पासवर्ड’मा आइडम डान्स (भिडियो)

तस्बिरः बिएल

भारतीय कलाकार सन्नी लियोनीले आइटम डान्स गरेको नेपाली फिल्म ‘पासवर्ड’मा समावेशी ‘आजको साम’ बोलको गीत सार्वजनिक भएको छ।

बिहिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो।

गीतमा विक्रम जोशीको शब्द रहेको तथा अर्जुन पोखरेलले संगीत भरेका छन्।  यस्तै संगीत संयोजन महाराज थापाले गरेका छन्।

एक्सन, कमेडी र थ्रिलर जनराको फिल्ममा सन्नी लियोनी, अनुप विक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रम जोशी, रविन्द्र झा, धिरेन शाक्य, विक्रान्त बस्नेत, प्रविण खतिवडा, लिसा सुनार, परी राना लगायत कलाकारको अभिनय रहेको छ।

यो फिल्मको कथा सिमा गुरुङले तयार पारेकी हुन् । सम्राट बस्नेतले निर्देशन गरेको फिल्ममा अमृत बस्नेत र हिराल जोशीको लगानी छ।

अमरजीत सिंहले छायांकन गरेको फिल्ममा अर्जुन जिसीले सम्पादन गरेका हुन्। फिल्म भदौ २७ देखि प्रर्दशन हुँदैछ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति: : 2019-06-13 16:41:50

प्रतिकृया दिनुहोस्