सारेगमपमा चौँथो भएका केसीलाई एक लाखसहित सम्मान

तस्बिरः बिएल

भारतीय टेलिभिजन जी टिभीको रियालिटी सो सारेगमपमा चौँथो भएका कक्षा ८ मा अध्ययनरत् विद्यार्थी आयुष केसीलाई एक लाखसहित सम्मान गरिएको छ।

 सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित मोर्डन स्कूलले मंगलबार आयोजना गरेको सम्मान कार्यक्रममा स्कूलका प्रमुख बाबुकाजी कसपाल, प्राचार्य अनिल कसपालले एक लाखसहित सम्मान गरेका हुन्।

सारेगम लिटल च्याम्सको २०१९ को संस्करणमा भाग लिएका केसी र प्रितम आचार्य फाइनलमा पुगेका थिए भने आचार्य तेस्रो र केसीले चौँथो स्थानमा आउन सफल भएका थिए।

मोर्डन स्कूलमा कक्षा ८ मा अध्ययनरत् गायक केसीले कार्यक्रममा नेपाली तथा हिन्दी गीत गाएका थिए भने उनले नृत्य गरेरसमेत आफ्नो क्षमता प्रस्तुत गरेका थिए।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले नेपालबाट भारतको रियालिटी शोमा भाग लिएर केसी र आचार्यले देशको नाम उच्च राख्न सफल भएको भन्दै प्रशंसा गरेका थिए।

त्यसअवसरमा जिल्ला शिक्षा एकाईका प्रमुख खेमनाथ पोखरेल, प्राचार्य कसपाल, सूनपा–४ का वडाअध्यक्ष उत्तम थापालगायतले नेपाली प्रतिभाको बारेमा चर्चा गर्दै राज्यले संरक्षण गर्नुपर्ने बताए।

प्रकाशित मिति: : 2019-06-11 22:55:30

प्रतिकृया दिनुहोस्