सडक–२ को सुटिङमा पुरानो कुरा सम्झेर सञ्जय दत्त र महेश भट्ट भावविह्ल

तस्वीरः एजेन्सी


बलिउडका दुई हस्ती फिल्म निर्देशक महेश भट्ट र अभिनेता सञ्जय दत्त यतिबेला भारतीय सिनेमाको चर्चित फिल्म ‘सडक’ को रिमिकको तयारीमा लागेका छन्। लामो समयपछि सँगै देखिन लागेका यी जोडी पहिलो दिन सुटिङमा फर्किदा पुरानो कुरा सम्झेर भावविह्ल बनेको भारतीय अखबारहरूले जनाएका छन्।

पुरानो कुरा सम्झेर दुवैले अकंमाल गरेका थिए। महेश भट्ट १९ वर्षपछि निर्देशकको भूमिकामा फिल्ममा फर्किन लागेका हुन्। २८ वर्ष अगाडि सञ्जयलाई यो फिल्ममा निर्देशन गर्दा महेशले थुप्रै तिता–मिठा समय बिताएका थिए।

महेशको निर्देशनमा सन् १९९१ मा सडक फिल्म सार्वजनिक भएको थियो। सञ्जय दत्त र पुजा भट्टको जोडी रहेको यो हिट फिल्मको सिक्वेल ‘सडक २’ मा पुजाकी बहिनी आलिया भट्ट पनि समावेश छिन्। महेशले आफ्नी कान्छी छोरी आलियालाई पहिलो पल्ट निर्देशन गर्न लागेका हुन्। फिल्म २०२० को मार्च २० मा सार्वजनिक हुने बताइएको छ।

फिल्ममा सिद्धार्थ रोय कपुर र पुजा भट्टको पनि महत्वपूर्ण भूमिका छ। सञ्जय र आदित्य यसअघि फिल्म ‘कलंक’ मा सँगै देखिएका थिए।

प्रकाशित मिति: : 2019-06-11 19:20:17

प्रतिकृया दिनुहोस्