सुष्मिता सेन भाईको गोप्य विवाह, टिभी अभिनेत्री चारुसँग

Agency

भारतीय अभिनेत्री सुष्मिता सेनका भाई राजीवले टेलिभिजन अभिनेत्री चारु असोपासँग विवाह गरेका छन्। दुवैले गोप्य रुपमा शनिवार कोर्ट म्यारिज गरेका हुन्। आइतबार बिहान राजीवले आफ्नो विवाहको जानकारी सोशल मिडियामार्फत आफ्नो फ्यानलाई गराएका थिए।

उनले इन्स्टाग्राममा विवाहको फोटो पनि शेयर गरेका छन्। आफ्नो पोस्टमा उनले लेखेका छन्, म राजीव जैन चारु असोपालाई आधिकारीक रुपमा आफ्नो श्रीमति स्विकार गर्दछु।

फोटोमा राजीव कुर्ता पाइजामा र चारु रातो रंगको साडीमा देखिएका थिए। दुवैको घाँटीमा फुलको माला छ।

चारुकी आमाले विवाहका लागि दुवैलाई बधाई दिएकी छिन्। भारतीय अखबारका अनुसार कोर्ट म्यारिजपछि यो जोडी आर्शिवाद लिन माउन्ट मेरी चर्च र सिद्धिविनायक मन्दिर पुगेका थिए। दुवैको १६ जुनमा हिन्दु परम्पराअनुसार पुनः विवाह हुनेछ। विवाह पूर्वको कार्यक्रम १४ जुनमा राखिएको छ। विवाह गोवामा हुने जानकारी दिइएको छ।

राजीव र चारु विगत एक वर्षदेखि सम्बन्धमा थिए। राजीवले गत महिना चारुसँग विवाहको प्रस्ताव राखेका थिए। चारु इसअघि अभिनेता निरज मालवियसँग सम्बन्धमा थिइन। निरजसँगको सम्बन्ध टुटेपछि उनी राजीवसँग नजिकिएकी हुन्। दुवैले आफ्नो सम्बन्ध सन् २०१९ को जनवरीमा सार्वजनिक गरेका थिए।

चारु इतिबेला डेली सोप कर्ण संगिनीमा कस्तुरीको अभिनय गरिरहेकी छिन्। उनले यसअघि अगले जनम मोहे बिटिया ही किजो, ये रिश्ता क्या कहलाता हे, बाल वीर, बडे अच्छे लगते हे, देवो के देव महादेव, टशन ए इश्क र जिजी मा जस्ता सिरियलमा काम गरिसकेकी छिन्। उनले इमपेसेन्ट विवेक र कल फर फन फिल्ममा पनि काम गरिसकेकी छिन्।

राजीव मोडल र इन्टरप्रेन्योर हुन्।

प्रकाशित मिति: : 2019-06-09 17:02:24

प्रतिकृया दिनुहोस्