साकिरा- हाजिर हो !

साकिरा- हाजिर हो ! तस्बिर : एजेन्सी

 कोलम्बियन सुपरस्टार साकिरामाथि स्पेनमा कर छलेको आरोप लागेको छ ।  १४ दशमलब ५ मिलियन यूरोमा कर छलीको आरोप लागेपछि उनी बार्सिलोनाको एक अदालतमा हाजिर भइन् ।

साकिरा बार्सिलोनामा फूटबलर पति गेरार्ड पिके र दुई छोराका साथ बस्दै आएकी छन्।

आरोपकर्ताले साकिरा र उनका एक सल्लाहकारले स्पेनमा सन् २०११ देखि २०१४ सम्म बस्दा कर नतिरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार सन् २०११ मा स्पेन आएपछि फूटबलर पिकेसँगको प्रेम सम्बन्ध सार्वजनिक भएको थियो। त्यसयता स्पेनमै बस्दै आएकी साकिराले सन् २०१५ देखि मात्र कर तिर्दै आएकी छिन् 

 साकिराको प्रतिरक्षा समूहले गायिकाको ठूलो आर्थिक आम्दानी अन्तर्राष्ट्रिय यात्राबाट भएको र उनी स्पेनमा ६ महिना भन्दा बढी समय नबसेकाले पनि अतिआवश्यक रूपमा कर तिर्नुपर्ने प्रावधान नहुने दाबी गरेका छन्।

प्रकाशित मिति: : 2019-06-09 09:02:29

प्रतिकृया दिनुहोस्