यत्ति भए पुग्छ भनिसकेका जे सागर फेरि बिर्सूं कसरी भन्दै आए!

तस्बिरः बिएल

बहुचर्चित गजल कृति 'यत्ति भए पुग्छ' का सर्जक जे. सागरले लेखेको पहिलो गीत 'बिर्सू कसरी' लोकार्पण भएको छ। गीतको म्युजिक भिडियोसहित गत बुधबार लण्डनस्थित साउथ ह्यारोमा एक कार्यक्रमका बिच उक्त गीतलाई सार्वजनिक गरिएको हो।

नेपाली गजल विधामा आफ्नो अग्लो छवि बनाइसकेका गजलकार जे.सागरको शब्दलाई लण्डन निवासी सन्ध्या पौडेलले स्वर र आशिष राजले संगीत दिएका हुन्।

लन्डनका आकर्षक लोकेसनहरुमा छायांकन गरिएको गीतको भिडियोलाई गायिका पौडेलका पति तथा संचारकर्मी राजेन्द्र पौडेलले निर्देशन गरेका हुन्। भिडियोमा प्रसुना कँडेल, रोश्ना कार्की र विकेशराज बस्नेतको कुशल अभिनय रहेको छ ।

गीतकारको रूपमा सर्जक सागर, गायिकाको रूपमा साधक पौडेल, संगीतकारको रूपमा आशिष राज, भिडियो निर्देशकको रूपमा निर्देशक पौडेल र अभिनित कलाकार सबैको पहिलो प्रयोग भएता पनि सबैले आफ्नो क्षेत्रबाट पूर्ण न्याय गरेको आभास हुन्छ। नेपाली संगीत जगतको उत्थानमा यो टिमको उपस्थितिले एउटा इट्टा थप्न सकोस् शुभकामना ।

हेर्नुहोस भिडियो

प्रकाशित मिति: : 2019-06-01 23:24:18

प्रतिकृया दिनुहोस्