करिश्माले खोलिन् मुख : 'यिनले जे गर्लान्- म बोल्छु।'

अब म बोल्छु- करिश्मा मान्धर । तस्बिर सौजन्य : करिश्मा फेसबुक।

राजा महेन्द्रले नेपालको माटो सुहाउँदो चलचित्र बनाउन स्थापना गरेको शाही नेपाली चलचित्र संस्थान नेपालमा प्रजातन्त्रको पुनर्स्थापनापछि निजिकरणका नाममा कौडीको भाउमा बेचिएको थियो।पछिल्लो समय नेपाल चलचित्र विकास कम्पनी (एनएफडीसी) को नाममा उद्धव पौडेलले किनेका थिए। यद्यपि त्यसमा सरकारको स्वामित्व बाँकि नै थियो र त्यसमा धेरैको पब्लिक सेयर पनि थियो। 

बालाजु औद्योगिक क्षेत्रमा २७ रोपनी जग्गामा फैलिएको संस्थान पछिल्लो समयमा ६.७५ रोपनीमा सिमित भएको थियो।तर, त्यही पनि बेचिएको खबर गाइँगुइँ भएपछि अभिनेत्री करिश्मा मानन्धरले यस विषयमा कुरा उठाएकी छिन्। 

उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन्–‘बालाजु औद्योगिक क्षेत्रमा रहेको एनएफडीसी जुन चलचित्र क्षेत्रको विकास प्रवद्र्धनको लागि उपलब्ध गरिएको थियो, जहाँ नेपाली चलचित्रले आफ्नो शैशव काल बिताउँदै आजको यात्रा सम्म आइपुगेको छ । पर्दामा देखिने कलाकारदेखि यूनिलाई चिया बनाउने स्पोर्ट बोइसम्मको दिन रात त्यही वित्थ्यो । हरेक चलचित्रकर्मीले आफ्नो घर जस्तो महशुश गर्ने ठाउँ थियो।

उनले अगाडि लेखेकी छिन्–‘२७ रोपनी जग्गा जहाँ भवन, स्टूडियो, उपकरणहरु सबै थिए।तत्कालिन लिज होल्डर डीबी थापाले उद्धव पौडेललाई लिजमा बेच्नुभयो।त्यसपछि न त्यो ठाउँको संरक्षण भयो, न सिनेमाका काम जसरी हुन्थ्यो त्यो नै भयो ।’

उनी अगाडि लेख्छिन्- आज सुन्दैछु सब लिज पनि होइन रे, सबै बेचविखन भयो रे।आधीपब्लिक शेयर भएको, सरकारी सम्पत्ती कसरी बेचविखन भयो? तुरुन्तै छानविन होस्।'

उनले सञ्चारकर्मी र सम्बन्धित कसैले पनि आवाज नउठाएकोमा दुखेसो गर्दै अगाडि लेखेकी छिन्- आश्चर्य त के लाग्छ भने सारा सञ्चारकर्मी र चलचित्रकर्मीलाई थाहा हुँदाहुँदै पनि कोही चुँक्क बोल्नुहुन्न। यिनले जे गर्लान्- म बोल्छु।'

 

प्रकाशित मिति: : 2019-05-31 09:06:53

प्रतिकृया दिनुहोस्