‘बिग बस’ की करिमी डेढ वर्षपछि फिल्ममा फर्किइन्, सनी लियोनीसँग ‘कोका कोला’ मा

तस्बिरः एजेन्सी

‘बिग बस’ बाट चर्चा कमाएकी मन्दना करिमीले सनी लियोनीसँग हरर कमेडी ‘कोका कोला’ मा अभिनय गर्ने भएकी छिन्। फिल्मा मन्दनाको भूमिका नकरात्मक हुनेछ।

प्रसाद ततिकेनीको निर्देशनमा निमार्ण हुन लागेको यो फिल्मा लियोनीको भूमिका प्रमुख छ। करिब डेढ वर्ष काँचको दुनियाबाट बाहिर बसेकी मन्दना आफ्नो नयाँ प्रोजेक्टलाई लिएर निकै उत्साही छिन्।

मन्दना भन्छिन्, ‘मैले यो फिल्मका लागि थुप्रै अडिशन दिनुपर्यो। डेढ वर्षदेखि काम गरिरहेको थिइन।’

महेन्द्र धारिवाल र परमदीप सिंह संधुद्धारा निर्मित यस फिल्मको सुटिङ आगामी महिना दिल्ली र नोयडाबाट सुरु हुनेछ।

मन्दनाले आफ्नो लागि यो फिल्म नौलो अनुभव हुने पनि बताइन्। उनले फिल्मका लागि आफूले धेरै तौल घटाएको पनि जानकारी दिइन्। उनले कपाल पनि सानो पारेको बताइन्।

उनले लियोनीसँग आफ्नो पहिलो भेट ‘बिग बस’ कै सेटमा भएको भन्दै सँगै काम गर्दा रमाइलो हुने जानकारी दिइन्। ‘मलाई लाग्छ, सनीसँग मेरो कामले सबैलाई आश्चर्यमा पार्नेछ,’ उनले भनेकी छिन्।

‘क्या कुल हे हम–३’, ‘मे ओर चालर्स’ र ‘रोय’ जस्तो फिल्ममा मन्दनाले काम गरिसकेकी छिन्। उनले व्यक्तिगत कारण देखाउँदै डेढ वर्षदेखि काम गरेकी थिइनन्। ‘मैले करिअर उचाईमा हुँदा विवाह गरे। मेरो श्रीमान गौरव गुप्तालाई फिल्ममा काम गरेको मन पर्दैनथ्यो। त्यसैले केही समय बाहिर बसे। तर, उनीसँग ‘ब्रेकअप’ भएपछि पुनः काममा फर्किएको हूँ’, उनले भनिन्।

प्रकाशित मिति: : 2019-05-29 17:48:37

प्रतिकृया दिनुहोस्