‘थोर’ का अभिनेता इसाकद्धारा आत्महत्या

Agency

हलिउड अभिनेता इसाक कापीले आत्महत्या गरेका छन्। युएसए टुडेको रिपोर्ट अनुसार इसाकले एरिजोनाको आफ्नो फ्ल्याट नजिकै रहेको एउटा पुलबाट राजमार्गमा हाम्फालेर आत्महत्या गरेका हुन्।

एरिजोनाको सार्वजनिक सुरक्षा विभागले पनि यसको पुष्टी गरेको छ। इसाक ४२ वर्षका थिए र उनले ‘थोर’ फिल्मबाट निकै प्रसंसा बटुलेका थिए।

पत्रिकाका अनुसार उनलाई आत्महत्याबाट दुई किशोरीले रोक्ने प्रयास पनि गरेका थिए। घटना अगाडि उनले इन्स्टाग्राममा एउटा लामो कुरा पोष्ट गरेका छन्। जसमा लेखिएको छ–‘ती व्यक्तिबाट सावधान रहनुस्, जोसँग गुमाउने र कमाउने केही छैन।’

उनले यसमा आफ्नो जीवनको धेरै कुरा शेयर गरेका छन्। उनको ‘थोर’, ‘टर्मिनेटर साल्वेशन’ र ‘ब्रेकिङ बेड’ जस्ता फिल्म चर्चित छन्।

प्रकाशित मिति: : 2019-05-17 13:03:36

प्रतिकृया दिनुहोस्