हलिउड स्टार मण्डी मुर सगरमाथा हाइकिङमा

हलिउड स्टार मन्डी मुरले सगरमाथा आधार शिविरको पैदलयात्रा गर्ने घोषणा गरेकी छिन्। ‘दिस इज अस’फेमकी नायिका मुरले अभिनयले मात्रै सन्तृष्ट हुन नसकेपछि सगरमाथा पदयात्रामा जान लागेको बताएकी छिन्।

उनी चाँडै नै सगरमाथा पदयात्रामा निस्कने बताइए पनि मिति भने सार्जनिक गरिएको छैन। 

३५ वर्षीय मुरको नौदिने यात्राको जिम्मा मलेसिया अर्नोट रेड कम्पनीले लिएको छ भने गाइडको भूमिका अल्पाइनकी मेलिसा अर्नोट हुनेछन्।

नेपालको यात्रा खोजमूलक र रमाइलो हुनेमा आफू ढुक्क भएको उनले बताएकी छन्। उनी भन्छिन्- सगरमाथाको नाम लिदाँ मात्र पनि रोमाञ्चित भएकी छु।  

पदयात्रामा रमाउँने मुरको सगरमाथा पदयात्राको समाचारले विश्वभरकै पेज थ्री पत्रकारिताको शिर्षक बनाएको छ।

केही समयअघि बलिउड स्टार मनिषा कोइरालाले पनि सगरमाथा आधारशिविरसम्म पैदलयात्रा गरेकी थिइन्। उनको यात्राको समाचारले पनि देशी विदेशी मिडियामा राम्रै कभरेज पाएको थियो।

प्रकाशित मिति: : 2019-05-17 08:21:32

प्रतिकृया दिनुहोस्