अजयले खोले तब्बुको विवाह नहुनुको रहस्य

Photo: Agency

जसरी बलिउडमा सलमान खानको विवाहलाई लिएर जहिले पनि समाचार बन्ने गर्छ। त्यसरी नै नायिकामा तब्बुको हालत पनि यस्तै छ। बलिउडकी सिनियर नायिका तब्बुको हालसम्म विवाह भएको छैन।

उनको विवाहलाई लिएर बेलाबेलामा हल्ला नचल्ने होइन। तर, ४७ वर्षको उमेरमा पनि उनी अविवाहिता नै छिन। उनको अहिलेसम्म किन विवाह भएन? उनको समर्थकहरुका लागि यो भन्दा ठूलो कौतुहलता के हुन सक्छ र!

समर्थकको यो कौतुहलता शान्त पार्न बलिउडका अर्का स्टार नायक अजय देवगनले अचम्मको रहस्य खोलेका छन्।

तब्बु र अजय निकै मिल्ने साथी हुन्। उनीहरुको नयाँ फिल्म ‘दे दे प्यार दे’ रिलिजको तयारीमा छ। यो एउटा कमेडी ड्रामा हो। यसमा अजयलाई छोरीको उमेरको केटीसँग प्रेम हुन्छ।

फिल्मको प्रमोशनमा निस्किएको बेला अजयले खुलासा गरे– वास्तवमा तब्बु म जस्तो केटासँग विवाह गर्न चाहन्थिन्। तर, अहिलेसम्म उनले म जस्तो केटा भेटेकी छैनन्। यसैले उनले अविवाहित रहनु परेको छ।

तब्बु र अजयको फिल्म शुक्रबार रिलिज हुँदैछ। फिल्मको निर्देशक लव रञ्जन हुन्। लवले प्यारका पञ्चनामा र सोनु के टिटु कि स्विटी जस्तो सुपरहिट फिल्ममा निर्देशन दिइसकेका छन्।

प्रकाशित मिति: : 2019-05-16 18:12:55

प्रतिकृया दिनुहोस्