कंगनाविरुद्ध प्रहरीमा उजुरी

तस्वीरः एजेन्सी

बलिउडकी चर्चित नायिका कंगना रनौत र पूर्व अभिनेता आदित्य पाञ्चोलीबीचको विवाद प्रहरी समक्ष पुगेको छ।

केही दिनअघि कंगनाले एउटा अन्तर्वार्तामा आदित्य माथि ठूलो आरोप लगाएकी थिइन। उनले अन्तर्वार्तामा आदित्यले शारीरिक र मानसिकरुपमा प्रत्याडित गरेको दावी गरेकी थिइन।

उनको यो दावी पछि आदित्य प्रहरीसमक्ष पुगेका हुन्। उनले कंगनालाई आफूलाई फसाउने अभियानअन्तर्गत यस्तो कुरा गर्दै हिडेको भनेर पुलिसमा निवेदन दिएको बताए।

भारतीय मिडियाका अनुसार मुम्बईको बर्सोवा पुलिसथानामा आदित्यले उजुरी  दर्ता गरेका छन्। उनले आफ्नो पक्ष बलियो पार्न प्रमाणको रुपमा भिडियो र टेलिफोनको पुरानो रेकर्ड पनि प्रहरीलाई उपलब्ध गराएका छन्।

केही समयअघि कंगना र उनको बहिनी रंगोलीले शारीरिक र मानसिक शोषण गर्न खोजेको भन्दै आदित्यमाथि उजुरी दायर गरेका थिए।

आदित्यको पछिल्लो कदमलाई रनौत दिदी–बहिनीको उजुरी कमजोर पार्ने कडीको रुपमा हेरिएको छ।

कंगना र रितिक रोशनबीच पनि यसअघि ‘ट्वीटर–वार’ भइसकेको छ।

प्रकाशित मिति: : 2019-05-15 15:32:08

प्रतिकृया दिनुहोस्