अष्ट्रेलियाबाट फर्केकी अनुष्का श्रेष्ठ भइन् मिस नेपाल वर्ल्ड

दुई नेपाल सुन्दरी : विगत भएकी श्रृंखला खतिवडा र आगत बनेकी अनुष्का श्रेष्ठ।

मिस नेपाल वर्ल्ड २०१९ को ताज अनुष्का श्रेष्ठको पक्षमा गएको छ।  

फाइनल राउण्डका ७ प्रतिस्पर्धीलाई ‘ तपाइको विचार अधिकार र कर्तव्‍य कुन बढी जिम्मेवारी हुन्छ’ भन्‍ने प्रश्नको सोधिएको थियो। यही प्रश्नको सर्वोत्कृष्ट उत्तर दिएर उनले ‘मिस नेपाल’को उपाधि जितेकी हुन्।

उनलाई ‘मिस नेपाल वर्ल्ड २०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी हुन् ।

यसैगरी ‘मिस नेपाल युनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन्।


उनले ‘मिस युनिभर्स’मा नेपालको तर्फबाट सहभागिता जनाउनेछिन्। उनलाई गत वर्षकी मिस नेपाल युनिभर्स मनिता देवकोटाले क्राउन लगाइ दिइन्।

यस वषको  ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि भने मीरा कक्षपतिको पक्षमा गयो। उनलाई गत वर्षकी ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि रोनाली अमात्यले ताज पहिर्‍याइदिएकी थिइन्।

मिस नेपाल अर्थको उपाधि रिया बस्‍नेतले जितिन्। उनलाई गत वर्षकी मिस नेपाल अर्थ प्रिया सिग्देलले क्राउन हस्तान्तरण गरिन्। 

यसैगरी यो वर्षको पपुलर च्वाइस रिया बस्नेत, मिस ट्यालेन्ट र मिस बेस्ट एथलेट्स प्रदिप्ता अधिकारी, यमाहा मिस फ्यासिनो अनुष्का श्रेष्ठ, ब्युटी विथ द पर्पोज नितिका कर्माचार्य र मिस कन्फिडेन्ट निशा पाठक ठहरिए।

यस वर्षकी मिस नेपाल वर्ल्ड अनुष्का सिड्नीमा भएको मिस नेपाल ओसेनियाको उपाधि जितेर वाइल्डकार्डमार्फत् मिस नेपाल ब्युटी पेजेन्टमा सहभागी भएकी थिइन्। 

उनी अस्ट्रेलियाको कमनवेल्थ बैँकमा अडिट एडमिनिस्ट्रेटरका रूपमा कार्यरत् थिइन्। उनी जागिर छोडेरै मिस नेपालमा सहभागी हुन आएकी थिइन्। 

उच्च शिक्षाका लागि सन् २०१४ मै अस्ट्रेलिया गएकी २३ वर्षीया अनुष्काले सिड्नीको अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट ग्राजुएट गरेकी छिन्। 

प्रकाशित मिति: : 2019-05-10 03:06:04

प्रतिकृया दिनुहोस्