युएईमा धुर्मुस सुन्तली साँंझ, क्रिकेट रंगशालाका लागि उठ्यो २० लाख

संयुक्त अरव इमिरेट्सको दुबईमा आयोजित धुर्मुस सुन्तली साँझबाट २० लाख रूपैयाँ संकलन भएको बताइएको छ।

चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्ण सहयोगार्थ धुर्मुस-सुन्तली साँझ आयोजना गरिएको थियो। कार्यक्रम दुबईको ग्राण्ड एक्सेलसियर होटलमा शुक्रबार आयोजना भएको थियो।

चितवन सेवा समाज युएईले त्यहाँ क्रियाशिल विभिन्न ३८ नेपाली संघसंस्थाहरुको सहकार्यमा धुर्मुस-सुन्तली साँझ आयोजना गरेको थियो।

कार्यक्रममा धुर्मुस र सुन्तलीले नेपालको राष्ट्रिय राजनीति र भ्रष्टचारलाई व्यंग्य गर्दै सच्चा नागरिक नामको प्रहसन प्रस्तुत गरेका थिए। गायक पुष्पन प्रधानले गाँउ गाउँबाट उठ, पंन्छी लगायतका गीत प्रस्तुत गरेका थिए भने गायिका मेलिना राईले कुटुमा कुटु, गोजीमा दाम छैन, तिमीले माया मारेउलगायतका गीत गाएर दर्शकलाई मनोरञ्जन गराएकी थिइन्। 

प्रकाशित मिति: : 2019-04-29 04:23:19

प्रतिकृया दिनुहोस्