सारेगमप लिटल च्याम्प्स : प्रितम र आयुष पुगे टप ११ मा

फाइल तस्वीर

भारतीय टेलिभिजन च्यानल जीटीभीमा जारी वाल-गायन रियालिटी शो ‘सारेगमप लिटल च्याम्प’मा नेपालका दुई वालप्रतिभाले उपाधिको सशक्त दावेदारी प्रस्तुत गर्दै आएका छन्।

भक्तपुर ठिमीका आयुष केसी र इटहरीका प्रितम आचार्य सप्ताहान्तमा उत्कृष्ट प्रस्तुतिसहित टप ११ मा पुगेका छन्।

प्रितम आचार्य त सप्ताहान्तमा सबैभन्दा उत्कृष्ट प्रस्तुति दिएर पर्फर्मर अफ द डे पनि घोषित भएका थिए।

उनीहरूले कार्यक्रमका अतिथि, जज र जुरीसहित भारतीय सेलिब्रिटीहरूको पनि मन जितेका छन्।

सिन्धुपाल्चोकका आयुष केसी भक्तपुर ठिमीमा बस्छन्। उनी १२ वर्षका हुन् । उता, ११ वर्षीय प्रितम इटहरीका स्थायी बासिन्दा हुन् ।

प्रकाशित मिति: : 2019-04-22 09:00:59

प्रतिकृया दिनुहोस्