श्रृंखलाको अन्तिम भाग एभेञ्जर्स एन्डगेम : अब के होला ?

एभेञ्जर्स श्रृंखलाको अन्तिम भाग ‘एभेञ्जर्स : एन्डगेम’ लाई लिएर सारा विश्व निकै उत्सुक छ । नहुन् पनि किन ! शक्तिशाली ‘थेनोस’ विरूद्ध जो भिड्दैछन् । ‘क्लाइमेक्स’लाई लिएर धेरै अड्कलबाजी भइरहेका छन्।
थेनोस सन् २०१२ को ‘एभेञ्जर्स एसेम्बल’मा पहिलो पटक देखिएका थिए । यो पात्रलाई हल्का लिनुहुन्न भन्ने त्यतिबेलै स्पष्ट थियो । ‘लोकी’ त्यतिबेलै तर्सिएका थिए । ‘गार्डियन्स अफ ग्यालेक्सी’ को पहिलो चलचित्रमा ‘रोनन’ थेनोसका सहयोगी थिए । पछि धोका दिए।
थेनोस एउटा विचार बोकेका लडाकू हुन् । सारा संसार व्यभिचार, घृणा र लोभले भरिएको उनलाई अनुभव हुन्छ । आधा जनसंख्या नाश गरेर उनी पृथ्वीलाई फेरि स्वच्छ बनाउन चाहन्छन् । यसका लागि थेनोसलाई ६ ओटा ‘इन्फिनिटी स्टोन्स’ आवश्यक पर्छ । तीमध्ये दुई ओटा पृथ्वीमा हुन्छ । डाक्टर स्ट्रेञ्जसँग ‘टाइम स्टोन’ हुन्छ । लोकीको भालाबाट निस्किएको ‘माइन्ड स्टोन’ ‘भिजन’को निधारमा बसेको हुन्छ।
ती पत्थरलाई पृथ्वीमा राखेर एभेञ्जर्सले अन्जानमै थेनोससँग शत्रुता साँध्छन् । ‘थोर’ले पहिले नै चेतावनी दिएका हुन्छन् तर त्यो अर्कै कथा हो । अब डा.स्ट्रेञ्ज र गार्डियन्स अफ ग्यालेक्सीका केही ‘हिरो’ सहित एभेञ्जर्समध्ये आइरनम्यान र स्पाइडरम्यान ‘टाइटन’ ग्रह पुगेर थेनोससँग लड्छन् । ‘ब्रुस ब्यानर’ ‘हल्क’ बन्न सक्दैनन् र ‘वाकान्डा’ गएर अरूलाई चेतावनी दिन्छन्...

प्रकाशित मिति: : 2019-04-21 08:34:15

प्रतिकृया दिनुहोस्