क्यानको चुनाव राेक्ने सिलवालको प्रयत्न असफल, असोज १० र ११ मा निर्वाचन हुने

आइसिसी प्रतिनिधिसँग सदस्य सचिव रमेश सिलवाल। तस्वीर बिएल

नेपाल क्रिकेट संघमा आफू अनुकुलको नेतृत्व नआउने देखेपछि चुनाव भाड्ने अभियानमा रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल नेपाली क्रिकेट समर्थकको चर्को विरोध तथा अन्तर्राष्ट्रिय क्रिकेट संघका पदाधिकारीको दबाबका कारण पछाडि हटेका छन्।

क्यानको निर्वाचन गर्ने सन्दर्भमा आइसिसीबाट आएका दुई प्रतिनिधि इमरान ख्वाजा र अमर शेखले हस्तक्षेप गरेपछि सिलवाल अफ्ठेरोमा परेका हुन्। यसअघि असोज ३ र ४ गते गर्ने भनिएको निर्वाचनमा विभिन्न बखेडा निकाल्दै सिलवालले रोक्ने प्रयास गरेका थिए।

‘मेरो छोरीले मैले झै शरीर बेच्न नपरोस्’ (भिडियो सहित)

सदस्य सचिव सिलवाल तीनै पात्र हुन्, जसलाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले क्यानको बैधानिक कमिटी हुँदा हुँदै अध्यक्ष नियुक्त गरेका थिए। जसका कारण सर्वोच्च अदालतमा मुद्धा परेको थियो।

उनीबाटै सुरु भएको मुद्धा अगाडि बढ्दै क्यान निलम्बनसम्म पुगेको थियो। क्यानका पूर्व अध्यक्ष विनयराज पान्डेलाई अध्यक्ष बनाउने अभियानमा लागेका सिलवालले आइसिसीको गाइड लाइन्समा निर्वाचन हुँदा उनी आउन नसक्ने आंकलनका बीच निर्वाचन राेक्ने तयारीमा थिए।

तर, आइसिसीका पदाधिकारीले लामो प्रक्रिया पुरा गरेर नेपाली क्रिकेट प्रतिबन्धबाट फुकुवा हुन लागेको अवस्थामा सहयोग गर्न अपील गरेपछि सिलवाल गलेका हुन।

सोमबार आइसिसीका प्रतिनिधि, सदस्य सचिव सिलवाल र स्वतन्त्र समितिका पदाधिकारीबीच भएको छलफलपछि असोज १० र ११ मा क्यानको निर्वाचन गर्न सबै पक्ष सहमत भएको बताइएको छ।

वार्तामा सहभागी एक पदाधिकारीले भने “आइसिसीले आफ्नो कुरा स्पष्ट पारेपछि उहाँ हल्लिन पाउनु भएन। नभए उहाँले आफ्नो नियत अगाडि नै देखाइहाल्नु भयो नि।”

जिल्ला र प्रदेशको निर्वाचन समाप्त भएपछि स्वतन्त्र समितिले असोज ३ र ४ मा केन्द्रीय निर्वाचन गर्ने घोषणा गरेको थियो।

दक्षिण एसियाकै पहिलो महिला टेम्पो ड्राईभर, जो अहिले मुलुककै सफल व्यवसायी भइन् (भिडियोसहित)

तर, सिलवालले यसको विरोध गर्दै आफूलाई नसोधी निर्वाचनको मिति तोकिएको भन्दै विरोध गरेका थिए।

सिलवालले बैठकमा निर्वाचन कमिटी आफ्नो हुनुपर्छ भन्दै आइसिसीका प्रतिनिधिलाई प्रभावित पार्न खोजेका थिए। तर, उनीहरुले विधान बाहिर गएर काम गर्न नमिल्ने भन्दै सिलवालको दावीलाई पन्छ्याएका छन्।

नेपालले असोज १० र ११ मा निर्वाचन सम्पन्न गरेपछि आइसिसीका प्रतिनिधिहरुले आइसिसीको आउँदो अक्टोबरमा हुने बैठकमा क्यानको निलम्बन फुकुवा गर्न सिफारिस गर्नेछन्।

उनीहरुको सिफारिसपछि क्यान निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढ्ने छ। सोमबार निर्वाचनको मिति तय गर्ने, निर्वाचनलाई पारदर्शी बनाउनेलगायत ४ कुरामा बैठक बसेको सदस्य सचिव सिलवालले जानकारी दिए। बैठक करिब २ घण्टा बसेको थियो।

प्रकाशित मिति: : 2019-09-16 17:32:08

प्रतिकृया दिनुहोस्