चिनियाँ राष्ट्रपतिको भ्रमणः पत्रकारलाई टाइ सुट र सारी 'ड्रेस कोड'

फाइल तस्बिर

सूचना तथा प्रसारण विभागले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको रिपोर्टिङ गर्ने पत्रकारलाई 'ड्रेस कोड' तोकेको छ।

विभागले निकालेको सूचनामा सरकारी मिडियाका पत्रकारका लागि राष्ट्रिय पोषाक र निजी मिडियाका पत्रकारलाई पुरुषका लागि टाइसहित सुट सेट र महिलाका लागि सुट सेट, सारी वा सभ्य कुर्ता तोकिएको छ।

निजी सञ्चारमाध्यमका एकजना पत्रकार र एकजना फोटो पत्रकारलाई सरकारले रिपोर्टिङका लागि पास दिएको छ।

राष्ट्रपति सी शनिबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछन्। साढे ४ बजे उनी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न राष्ट्रपति कार्यालय शीतलनिवास पुग्नेछन्।

उक्त वार्ता सकेर उनी साढे १० बजे स्वदेश फिर्तीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन्।

प्रकाशित मिति: : 2019-10-10 20:53:26

प्रतिकृया दिनुहोस्