सिंगापुरविरूद्ध नेपाल ब्याटिङ गर्दै LIVE

तस्बिरः एसिसि

मलेसियामा जारी एसीसी यू १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले सिंगापुरविरुद्धब्याटिङ गरिरहेको छ।

किनरारा ओभल क्रिकेट मैदानमा टस जितेको नेपालले नेपालले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ।

चीनसँगको खेलमा विश्राम दिएका अलराउण्डर कुशल मल्ल,विशाल बिक्रम केसी र तीब्र गतिका बलर राशिद खानलाई मौका दिएको छ।

चीनसँगको खेलमा मौका पाएका प्रतिस जिसी,कमलसिंह ऐरी र लोकेश बहादुर बमलाई आज बिश्राम दिएको छ।

यू१६ टोलीका कप्तानसमेत रहेका विशालको यू१९ मा यो डेब्यू खेल हो।

नेपाल र सिंगापुर दुबै सेमिफाइनलमा प्रवेश गरि सकेका छन्। आजको खेलले समूह विजेताको टुंगो लाग्नेछ।

नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो । त्यस्तै सिंगापुरले पनि चीनलाई ८ विकेटले पराजित गरेको थियो।

दुबै खेलमा लज्जास्पद हार व्यहोरेकोचीन प्रतियोगिताबाट बाहिरिएको छ।

नेपालको प्लेइङ ११ :

१.रोहित कुमार पौडेल (कप्तान)

२.पवन सरार्फ

३.राशिद खान

४.रित गौतम

५.हरि बहादुर चौहान

६.विशाल बिक्रम केसी

७.तिलक भण्डारी

८.भिम सार्की

९.कुशल मल्ल

१०.सागर ढकाल

११.खडक बहादुर बोहरा

प्रकाशित मिति: : 2019-07-05 08:08:46

प्रतिकृया दिनुहोस्