नेदरल्यान्ड्सले जिम्बाबेलाई ७ विकेटले हरायो

ओडीआईमा डेब्यू गरेका युवा खेलाडी म्यास ओडोवड।

घरेलु टोली नेदरल्यान्ड्सले टेष्ट राष्ट्र जिम्बावेलाई ७ विकेटले हराएको छ। दुई खेलको वान डे सिरिज अन्तर्गत पहिलो खेलमा बुधबार राति डक अर्थ लेविसका आधारमा नेदरल्याण्ड्सले जिम्बाम्बेलाई ७ विकेटले हराएको हो।

पहिले ब्याटिङ गर्दै जिम्बाम्बेले दिएको २ सय ६ रनको मध्यम लक्ष्य नेदरल्यान्डले ४२.४ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको हो।

नेदरल्यान्डको जितमा ओडीआईमा डेब्यू गरेका युवा खेलाडी म्यास ओडोवडले अर्धसतकीय इनिङ्स खेले। उनले १ सय १८ बलमा ९ चौकासहित ८२ रनमा अविजित रहे।

त्यस्तै बेन कुपरले ३५ रन बनाए। उनले ५५ बलमा ५ चौका र १ छक्का हिर्काए। ओपनर टोयिबास भिसीले २८ रन बनाउँदा वेस्ले बर्रेसीले ३९ रन जोड्दै अविजित रहे।

जिम्बाबेका लागि सेन विलियमस २ तथा आइन्स्ले नाडालोभुले १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाम्बेले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाउँदै २ सय ५ रन जोडेको थियो।

जिम्बाब्बेका लागि विकेटकीपर ब्रेन्डन टेलरले सर्वाधिक ७१ रनको योगदान दिए। टेलरले ८५ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए। अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

कायल जर्विस ३२, डोनाल्ड त्रिर्पोनो २१, सन विलियम्स र क्रेग इर्किनले समान १६-१६ तथा सिकन्दर राजाले ११ रन बटुलेका थिए।

नेदरल्यान्डका लागि फ्रेड क्लासेन, पिटर सेल्सर र पल भानले समान २ विकेट लिए।

दोस्रो तथा अन्तिम र निर्णायक वान डे खेल शुक्रबार हुनेछ।

प्रकाशित मिति: : 2019-06-20 10:55:22

प्रतिकृया दिनुहोस्