शनिबार, १२ जुलाई २०२५

श्रीलंकामाथि अष्ट्रेलियाको सहज जित

News Image
तस्बिरः एजेन्सी
• • •

एक दिवसीय विश्वकपअघि भएको अभ्यास खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराएको छ।

श्रीलंकाले दिएको २ सय ४० रनको लक्ष्य अष्ट्रेलियाले ४४.५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्‍यो।

अष्ट्रेलियाको जितमा ओपनर उस्मान खवाजाले अर्धसतकीय इनिङ्स खेले। १ सय ५ बल खेलेका उनले ३ चौकासहित ८९ जोड्दै सहज जित दिलाए।

कप्तान आरोन फिन्चले ११ रन बनाउँदा शन मार्श ३४, ग्लेन म्याक्सवेल ३६, मार्कस स्टोनिस ३२ रनमा आउट भए। एलेक्स करी १८ र प्याट कमिन्स ९ रनमा अविजित रहे।

श्रीलंकाका जेफरी वांडरसेले २, धनन्जय डी शिल्भा र नुवान प्रदिपले १-१ विकेट हात पारे ।

यसअघि साउथह्याम्प्टनमा टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३९ रन बनाएको थियो।

उसका लागि ओपनर लाहिरू थीरिमानेले सर्वाधिक ५६ रन बनाउँदा कप्तान दिमुथ करुणारत्ने १६, कुशल परेरा १२, कुशल मेन्डिस २४, एन्जिलो मैथ्यूज १७, जीवन मेन्डिस २१ रनमा आउट भए।

तल्लोक्रमका धनन्जय डी शिल्भाले ४३ रन बनाउँदा थिसेरा परेराले २७ रन जोडे।

अष्ट्रेलियाका लागि एडम जम्पाले २ विकेट लिए। मिचेल स्टार्क, प्याट कमिन्स, केन रिचड्सन, ग्लेन म्याक्सवेल, नाथन लायन र स्टिभ स्मिथको नाममा समान १-१ विकेट लिए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?