पन्जावमाथि कोलकताको सहज जित, प्ले अफ सम्भावना बलियो

तस्बिरः एजेन्सी

किङ्स इलाभेन पञ्जाबलाई हराउँदै कोलकत्ता नाईड राईडर्स भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ प्रवेश सम्भावना बलियो बनाएको छ।

शुक्रबार राति पञ्जाबलाई ७ विकेटले हराउँदै कोलकत्ता नाईड राईडर्स अन्तिम खेल अगावै प्लेअफ दौडमा बलियो देखिएको हो।

पञ्जाबले दिएको १ सय ८४ रनको लक्ष्य कोलकत्ताले १२ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो।

कोलकत्ताको जितमा सुभम गिलले नटआउट ६५ रन बनाए। ४९ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरेका थिए। अर्को ओपनर क्रिश लिनले ४६ रन बनाउन २२ बलमा ३ छक्का र ५ चौका हिर्काए।

रोबिन उथप्पाले २२ रन बनाउँदा आन्द्रे रसेलले २४ रन जोडे।  कप्तान दिनेश कार्तिक ९ बलमा २१ रनमा नटआउट रहे।

पञ्जावका लागि मोहम्मद शामी, रविचन्द्र आश्विन र एन्ड्रू टाईले १-१ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन्।

टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियो।

पञ्जावका लागि साम कुरानले अविजित ५५ रन बनाउँदा निकोलस पोरानले ४८ रन बनाए। मायाङ्का अग्रवालले ३६ रन बनाउँदा मन्दिप सिंहले २५ तथा क्रिश गेलले १४ रन जोडे।  के एल राहुल २ रन बनाएर आउट भएका थिए।

कोलकत्ताका सन्दीप वारियरले सर्वाधिक २ विकेट लिए।

यो जितसँगै कोलकत्ता नाइट राइडर्सले १३ खेलबाट १२ अंक जोडेर अंक तालिकामा पाँचौ स्थानमा उक्लिदै प्लेअफमा पुग्ने सम्भावना जिवितै राखेको छ।

समान खेलबाट कोलकत्ता र सनराइज हैदारावादको समान १२-१२ अंक छ।

पराजित पञ्जाव १३ खेलबाट १० अंक जोड्दै प्लेअफ सम्भावना थोरै बाँकि छ।

यसअघि चेन्नेई सुपर किंग्स, मुम्बई ईन्डियन्स र दिल्ली क्यापिटल्सले प्लेअफमा स्थान सुरक्षित बनाइसकेका छन्।

प्रकाशित मिति: : 2019-05-04 00:11:26

प्रतिकृया दिनुहोस्