फराकिलो जितसँगै लिभरपुल शीर्षस्थानमा

तस्बिरः एजेन्सी

हडर्सफिल्डमाथि ५-० को फराकिलो जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।

जितसँगै लिभरपुलले म्यानचेस्टर सिटीलाई २ अंकले पछि पारेको छ। लिभरपुलको ३६ खेलबाट ९१ अंक पुगेको छ। एक खेल कम खेलेको सिटीको ८९ अंक छ।

शीर्ष दुई टोलीको लगातारको जितले प्रिमियर लिगको उपाधि होड थप रोमाञ्चक बनेको छ।

प्रिमियर लिगमा च्याम्पियन बन्न लिभरपुललाई शतप्रतिशत जितको आवश्यकता रहँदा सिटीले अंक गुमाउनु पर्नेहुन्छ। शतप्रतिशत जित निकाले सिटी पनि च्याम्पियन बन्नसक्छ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई फराकिलो जित दिलाउन मोहम्मद सलाह र साडियो मानेले समान २–२ तथा नेवी केइटाले एक गोल गरे।

खेलको पहिलो मिनेटमा नै नेवी केइटाले गोल गर्दै लिभरपुलाई सुरूवाती अग्रता दिलाएको थियो।

खेलको २३औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे।

पहिलो हाफको इन्ज्युरी समयमा मोहम्मद सलाहले गोल थप्दा लिभरपुलले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो।

दोस्रो हामफा पनि गोल थप्न छोडेन। ६६औं मिनेटमा मोहम्मद सलाहले व्यक्तिगत दोस्रो तथा टिमका लाथि चौथो गोल गरे। खेलको ८३औं मिनेटमा मोहम्मद सलाहले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौ गोल गर्दै लिभरपुललाई ५–० को फराकिलो जित दिलाए ।

प्रकाशित मिति: : 2019-04-27 07:11:12

प्रतिकृया दिनुहोस्