गेटाफेसँग रोकिएको रियल मड्रिड उपाधि दौडबाट बाहिर

तस्बिरः एजेन्सी

रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा गेटाफेसँग बराबरीमा रोकिएको छ।

बिहिबार राति गेटाफेको मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा रियल बराबरीमा रोकिएको हो। बल पोजिसनमा पकड जमाए पनि पटक पटकको आक्रमण खेर गए पछि रियल गेटाफेसँग गोलरहित बराबरी खेल्न बाध्य भयो।

यो बराबरीसँगै तेस्रो स्थानमा रहेको रियलले ३४ खेलबाट ६५ अंक जोडेको छ। गेटाफे ५५ अंक जोडेर चौंथो स्थानमा रहेको छ। समान ३४ खेलबाट बार्सिलोना ८० अंकसहित शीर्ष स्थानमा रहँदा ७१ अंक जोडेको एथ्लेटिको म्याड्रिड दोस्रो स्थानमा छ।

प्रकाशित मिति: : 2019-04-26 07:58:24

प्रतिकृया दिनुहोस्