स्पेनिस लालिगामा चार खेल अगाडि नै विजयोत्सव मनाउँने बार्सिलोनाको आशामा तुषारापात भएको छ।
लिगको दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिड ३४ओैं खेलमा विजयी भएपछि बार्सिलोनाले विजयोत्सव मनाउँन आफ्नो ३५औं म्याच जित्नुपर्ने भएको छ। बार्सालाई उपाधि चुम्न कम्तिमा पनि या त आफैं एक म्याच जित्नुपर्ने वा दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडले एउटा म्याच हारर्नुपर्ने हुन्छ।
लिग अन्तर्गत बुधबार भएको खेलमा एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई ३–२ ले हरायो। यो जितसँगै उसले उपाधिको लागि झिनो आशा कायमै राख्यो भने बार्सालाई कम्तिमा पनि शनिबारसम्म पर्खनुपर्ने बतायो। उसलै ३५औं म्याच शनिबार लिभान्तेसँग खेल्दैछ।
अब बार्साले ३६औं ँम्याच सेल्टाभियोसँग, ३७औं म्याच गेटाफेसँग र ३८औं म्याच आइबरसँग खेल्ने छ। अबका चार म्याचमध्ये एक म्याच जित्ने बितिकै बार्सा यो वर्षको लालिगा च्याम्पियन हुने छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया