सुटिङमा सुस्मिताको नयाँ कीर्तिमान, यस्तो रह्यो मंगलबारको आठौं खेलकुद

तस्बिरः बिएल

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत सुटिङतर्फ महिला १० मिटर एयर राइफलमा प्रदेश ३ की सुस्मिता नेपालले मंगलबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्।

स्नेहाले २४० पूर्णाङकमा २३४ अंक जोड्दै स्नेहा राज्यलक्ष्मी राणाले राखेप च्याम्पियनसिपमा बनाएको २३३ अंकलाई भंग गर्दै कीर्तिमानी स्वर्ण जितिन्।

२२७ अंकमा आर्मीकी कल्पना परियार दोश्रो तथा २०३ अंकमा प्रहरीकी अस्मिता राई तेश्रो भइन्।

नेपालगन्ज रंगशालास्थित सुटिङ रेन्जमा भएको प्रतियोगिताअन्तर्गत सोही स्पर्धाको पुरूषमा प्रदेश ५ का अर्नव घिमिरे पहिलो भए। उनले कुल २४० अंकमा २१६ अंक जोडे। २१४ अंक जोडेका प्रहरीका हरिबहादुर थापा दोश्रो तथा १९६ अंक जोडेका आर्मीका सुशे चौधरी तेश्रो भए।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

तेक्वान्दोः पुलिस क्लब ११ स्वर्ण सहित च्याम्पीयन

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भैरहवामा सञ्चालन भएको तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस क्लब ११ स्वर्णसहित च्याम्पियन भएको छ।

नेपाल पुलिसले ११ स्वर्ण ३ रजत र ३ काश्य पदक सहित कुल १७ पदक जित्दै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दो तर्फ उत्कृष्ट बन्न सफल भयो।

त्यसैगरी ६ स्वर्ण ४ रजत र ७ काश्य पदकसहित १४ पदक जित्दै नेपाली सेनाको टिम दोश्रो स्थानमा आएको छ।

उता अर्को बिभागिय टिम एपिएफ क्लब  २ स्वर्ण, ७ रजत र ५ काश्य सहित १४ पदक जित्न सफल भयो। स्वर्ण र रजतको २१। २१ पदक मध्ये १९ वटा स्वर्ण बिभागिय टिमको पोल्टामा र रजतका २१ मध्ये १४ वटा बिभागिय टिमलेनै जितेका छन्।

स्वर्णका बाँकि दुई पदक प्रदेश १ र प्रदेश ५ ले प्राप्त गरेका छन्। प्रदेश १ ले  १ स्वर्ण, ३ रजत र ५ काश्य गरी कुल ९ पदक सहित चौथो स्थानमा रहदा प्रदेश ५ले १ स्वर्ण, १ रजत र ३ काश्य सहित ५ पदक जिति पाचौ स्थानमा रहे।

त्यस्तै प्रदेश २ले १ रजत र ४ काश्य, प्रदेश ३ ले १ रजत ६ काश्य, सुदुर पश्चिमले १ रजत ३ काश्य र गण्डकी प्रदेशले ४ काश्य जित्न सफल भए।

प्रतियोगितामा बेष्ट फाईटर पुरुष तर्फको पुरस्कार नेपाली सेनाका सक्षमकार्कि र बेष्ट फाईटर(महिला)तर्फ नेपाली पुलिसका रेजिना कार्कि घोषित भई पुरस्कृत भए भने बेष्ट कोचको पुरस्कारबाट नेपाल पुलिसका रञ्जन श्रेष्ठ पुरस्कृत भए।

मंगलबार सम्पन्न समापन अघि भएका बिभिन्न ६ तौल समुहका खेलमध्ये पुरुष ५४ केजि तौल मुनि नेपाल पुलिसका मनोज मल्लले स्वर्ण, एपिएफका गणेश चौधरीले रजत पदक जिते।

त्यसै गरी महिलाको ४६ केजि मुनि तौल समुहमा नेपाल पुलिसकी रेजिना कार्किले स्वर्ण जित्दा सुदुर पश्चिम प्रदेशकी गिता कठेतले रजतमै चित्त बुझाईन्।

पुरुषको ५८ केजि मुनि तौल समुहमा प्रदेश ५का गोबिन्द  बहादुर आलेले स्वर्ण जित्दा एपिएफका चन्द्र रानामगरले रजत पदक जिते।

महिलाको ४९ केजि मुनि तौलमा नेपाली सेनाकी युनिसा राईले स्वण र एपिएफकी अस्मिता खडकाले रजत प्राप्त गरे।

पुरुषको ८७ केजीमाथि तर्फ नेपाल पुलिसका अनुज पुजारीले स्वर्ण  जित्दा नेपाली सेनाका रामहरी महतले रजत जिते।

महिला ७३ केजि तौल माथि प्रहरीकी मनिता शाहीले स्वर्ण जितीन भने एपिएफकी शुष्मा गुरुंगले रजत जितिन।

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई प्रमुख अतिथी संघिय ईकाई प्रहरी कार्यालय भैरहवाका प्रमुख तथा बरिष्ठ प्रहरी उपरीक्षक राजेश लाल कर्ण, नेपाल तेक्वान्दो संघका केन्द्रिय सचिब नबिन कुमार श्रेष्ठ, केन्द्रिय सदस्य हिरा थापा, डब्लुटिएफका नेपाल प्रतिनिधी कोंगयोंग दाल, नेपालका मुख्य प्रशिक्षक नन्दु कुमार राई, सिद्धार्थ यातायात ब्यबसायी संघका अध्यक्ष सञ्जिब रोक्का, एसओएस बालग्राम लुम्बिनीका योजना निर्देशक बिजय राणा, नेपाल सुटिङ संघ रुपन्देहीका अध्यक्ष ज्योत्सना राणा, भैरहवा ब्याडमिन्ट क्लबका कोषाध्यक्ष गणेश बहादुर क्षेत्री, रुपन्देही जिल्ला खेलकुद बिकाश समितीका कार्यालय प्रमुख संगमसिंह थापा, पुर्ब तेक्वान्दो खेलाडी तथा ओलम्पियन संगिना बैद्य, प्रदेश ५का तेक्वान्दो संयोजक कोशिष खडका लगायतले पदक, ट्रफी, प्रमाणपत्र प्रदान गरेका थिए।

बिजेता तथा उप बिजेता टिम र उत्कृष्टहरुलाई नेपाल तेक्वान्दो संघ प्रदेश ५ का संयोजक कोशिष खडका, उपाध्यक्ष द्धय प्रकाश मान राजभण्डारी र पराग दास गोर्खाली र रुपन्देहि जिल्ला तेक्वान्दो संघका अध्यक्ष दिपेन्द्र बुढाप्रितीले ट्रफी र पुरस्कार सौजन्य गरेका थिए। प्रतियोगितामा पुम्से र स्पाईरिंग बिधामा गरी २ सय ४२ खेलाडी सहभागी थिए।

उसुः आर्मीलाई १४ स्वर्ण

आठौंअन्तर्गत १४ औं राष्ट्रिय उसुमा आर्मीले सर्वाधिक १४ स्वर्ण जितेको छ। आर्मीले थप १ रजत र ३ कांस्य पनि जित्यो। एपीएफले ५ स्वर्ण, ८ रजत र ५ कांस्य हात पार्‍यो। प्रहरीले २ स्वर्ण, १ रजत र ५ कांस्य प्राप्त गर्‍यो। २२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी १ स्वर्ण कर्णाली प्रदेशले हासिल गर्‍यो।

उसुको अन्तिम मंगलबार थाउलोमा २ तथा सान्सौंमा ६ गरी ८ स्पर्धाका फाइनल भए। थाउलोको महिला चियन सु÷छियाङ सुमा एपीएफकी कविता थापा मगर पहिलो भइन्। कविताले १८.०५ अंक जोडिन्। सुदूरपश्चिम प्रदेशकी अलिसा खाती दोश्रो तथा आर्मीकी मुना शिरिष मगर तेश्रो भए। पुरुष ताव सु/कुन सुमा आर्मीका विश्व बुढा मगरले स्वर्ण जिते। उनले १८.९ अंक जोडे। एपीएफका कुमार सिन्जाली दोश्रो तथा प्रदेश ५ का राजिव तामाङ तेश्रो भए।

सान्सौंको महिला ५२ केजीमा आर्मीकी एलिना चौधरीले सुदूर प्रदेशकी गौरी घर्ती मगर, ५६ केजीमा प्रहरीकी जुनी राईले एपीएफकी कमला बोहरा तथा ६० केजीमा आर्मीकी लुमन्ति श्रेष्ठले एपीएफकी निशा विकलाई फाइनलमा पराजित गर्दै पहिलो भए।

महिला ६५ केजीमा एपीएफकी मनीषा रावतले प्रहरीकी पूजा गुप्ता, ७० केजीमा आर्मीकी विन्दु पुन मगरले प्रदेश १ की तनुजा सुन्दास र ७५ केजीमा आर्मीकी शिलु डंगोलले गण्डकीकी अनिशा आले मगरलाई फाइनलमा पाखा लगाउदै स्वर्ण जिते।

 

कराते  प्रहरी टिम च्याम्पियन

नेपाल प्रहरी क्लब आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय कराँते प्रतियोगितामा च्याम्पियन बनेको छ।

दाङ तुलसीपुर स्थीत कर्भडहलमा सञ्चालित प्रतियोगितामा प्रहरी सर्वाधिक ९ स्वर्ण र १ रजत पदक हात पार्दै टिम च्याम्पिएन बनेको हो।

त्यस्तै ३ स्वर्ण, ३ रजत र ४ कास्य हात पारेको नपाल आर्मीले उपविजेतामा चित्त बुझायो। ३ नम्बर प्रदेश  २  स्वर्ण १ रजत र १ कांस्य पदकका साथ तृतीय स्थान हासिल गर्‍यो।

करातेको अन्तिम दिन मंगलबार सम्पन्न पुरुष कुमुते ६० केजी तौलसमूहमा नेपाल पुलिस क्लबका राजिव पुडासैनीले स्वर्ण पदक हात पारे। त्यस्तै प्रदेश नं ४ का राजकुमार रसाइलीले रजत जित्दा सुदूरपश्चिम प्रदेशका जगतसिंह घानुक र एपीएफका मोहन कार्कीले कांस्य पदक हात पारे।

प्रतियोगितामा विभागिय टिम नेपाल आर्मी, नेपाल पुलिस, शसस्त्र प्रहरीको एपीएफ, सात प्रदेश र एन.आर.एन.को सहभागिता रहेको थियो।

खो खोः आर्मीलाई दोहोरो उपाधि

आठौंअन्तर्गत राष्ट्रिय खो खोको पुरुष/महिला दुवैमा आर्मी च्याम्पियन बनेको छ।

बर्दियाको भुरीगाउँमा भएको पुरुष फाइनलमा आर्मीले प्रदेश ५ लाई १५–१४ ले पराजित गर्‍यो। तेश्रो स्थानका लागि भएको खेलमा प्रदेश २ ले प्रदेश ३ लाई ९–७ ले हरायो।

महिलाको उपाधि भिडन्तमा आर्मीले प्रदेश ५ माथि ९–८ को कठिन जित दर्ता गर्‍यो। सुदूरपश्चिमले प्रदेश ३ लाई १२–९ ले पाखा लगाउदै तेश्रो भयो। प्रतियोगिताको पुरुष/ महिला दुवैमा सातै प्रदेश आर्मी र एपीएफ गरी ९–९ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।

सफ्ट टेनिसः

आठौ राष्ट्रिय खेलकुदअन्तर्गत एघारौं राष्ट्रिय सफ्ट टेनिसको पुरुष एकल फाईनलमा प्रदेश १ का युकेश योन्जनले स्वर्ण जिते। उनले प्रदेश नं ३ का प्रदिप खत्रीलाई ४–२ को सेटमा पराजित गर्दै स्वर्ण हात पारे। प्रदेश १ का रनिश तामाङ र प्रदेश नं. ५ का सुरज चौधरी तेस्रो भए।

महिला एकलमा प्रदेश नं. ३ की चन्द्रमाया राईले एपीएफकी भगवती विकलाई ४–२ को सेटमा पराजित गर्दै स्वर्ण जितिन्। प्रदेश नं. १ का श्रीया योन्जन र गण्डकी प्रदेशका प्रिती बरालले कास्य पदक जिते।

टिम ईभेन्ट पुरुषमा प्रदेश १ ले स्वर्ण जितेको छ। प्रदेश १ ले नेपाल पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै स्वर्ण  जितेको हो। प्रदेश ३ र प्रदेश ५ तेस्रो बने।

टिम ईभेन्टकै महिलातर्फ भने प्रदेश ५ ले नै स्वर्ण जितेको छ। प्रदेश नं १ लाई ४–२ को सेटमा पराजित गर्दै प्रदेश ५ ले स्वर्ण जितेको हो। गण्डकी प्रदेश र प्रदेश नं ३ तेस्रो भए।

यसअघि भएको पुरुष युगलमा नेपाल पुलिसका कमल भण्डारी र नौबहादुर लुगेलीको जोडीले स्वर्ण हात पारेका हुन। प्रदेश नं. १ का युकेश योन्जन र आशिष बोहराको जोडीलाई ५–४ को सेटमा पराजित गर्दै स्वर्ण हात पारेका हुन। प्रदेश नं. ३ का प्रदिप खत्री र वृजेश पाण्डे तथा प्रदेश नं. ५ का सुभम खनाल र सुरज चौधरीको जोडी तेस्रो भए। महिला युगलतर्फको खेलमा प्रदेश नं. ३ का सुनिरा थापा र चन्द्रमाया राईको जोडीले स्वर्ण जितेका छन्। थापा र राईको जोडीले प्रदेश नं. ५ का आश्मा भुषाल र रितिका चौधरीको जोडीलाई फाईनलमा ५–० को सेटमा पराजित गर्दै स्वर्ण आफनो नाममा पारे। प्रदेश नं. १ का श्रीया योन्जन र जर्जिया चौधरीको जोडी तथा प्रदेश नं. ४ का प्रिति बराल र सृष्टिका उदासको जोडी तृतिय भए।

यसैगरि मिश्रित युगलतर्फको खेलमा प्रदेश नं. ३ का चन्द्रमाया राई र निर्मल स्थापितको जोडीले स्वर्ण हात पारेका छन। राई र स्थापितको जोडीले फाईनलमा प्रदेश नं. १ का युकेश योन्जन र जर्जिया चौधरीको जोडीलाई टाईबेकरमा ७–५ मा जित निकाल्दै स्वर्ण जितेका हुन। आशिष बोहरा र श्रीया योन्जनको जोडी तथा सुरज चौधरी र रितिका चौधरीको जोडी तृतिय हुदै कास्य पदक पाएका छन। सात ईभेन्टमा गरि कुल ६८ जना खेलाडीहरु सहभागि रहेका छन।

ह्यान्डबलः गण्डकी र आर्मी च्याम्पियन

आठौंअन्तर्गत राष्ट्रिय ह्यान्डबलको पुरुषमा गण्डकी र महिलामा आर्मी च्याम्पियन बनेका छन्। दुवै फाइनलमा एपीएफ चुक्यो।

नेपालगन्ज रंगशाला परिसरमा भएको पुरुष फाइनलमा गण्डकीले एपीएफलाई ३७–३३ ले पराजित गर्‍यो। गण्डकीका सन्तोष श्रेष्ठले सर्वाधिक १६ गोल गरे। एपीएफका लोकेन्द्र चन्द र सन्दिप कार्कीले १०–१० गोल गरे। आर्मीले प्रदेश ३ लाई ४२–२४ हराउदै तेश्रो स्थानमा चित्त बुझायो।

महिला फाइनलमा आर्मीले एपीएफलाई १७–१४ ले पाखा लगायो। आर्मीकी कविता राईले ८ गोल गरिन्। एपीएफबाट साधना बमले ४ गोल गरिन्। गण्डकीले प्रदेश १ लाई ७–५ गोलले पन्छ्याउदै तेश्रो भयो।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य राजेश गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। पुरुष÷महिला दुवैमा सातै प्रदेश, आर्मी र एपीएफबाट समान ९–९ टिम सहभागी थिए।

महिला क्रिकेटः

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत दाङको लमहीमा भएको महिला क्रिकेटको उपाधी एपीएफले चुमेको छ १ उपाधि भिड्न्तमा प्रदेश नम्बर १ लाई ८७ रनको अन्तरले पराजित गर्दै एपीएफले उपाधी उचालेको हो। फाईनलमा पराजित प्रदेश न १ उपबिजेतामा चित्त बुझाउन बाध्य हुदा सुदुरपश्चिम प्रदेश तेस्रो भयो। टस जितेर ब्याटिङ गर्ने सुनौलो अबसर पाएको एपीएफले २० ओभरमा पुरै विकेट गुमाएर १२८ रन वनायो। जसमा ज्योति पाण्डेले सर्वाधिक ४५, र सिताराना मगरले ४२ रनको योगदान दिए। बलिङ्ग तर्फ प्रदेश १ कि रुविना क्षेत्री, सवनम राई र संगिता राइले समान ३र३ विकेट लिए। १२९ रनको बिजयी लक्ष्य लिएर जवाफि ब्याटिङका लागि खेल मैदानमा उत्रेको प्रदेश नम्बर एक १९ दशमलव ४ ओभरमा अलआउट हुदै मात्र ४१ रनमा समेटिन पुग्यो। रश्मि शर्मा चौलागाइ अविजित हुदै २७ रन जोडिन। वलिङ्गमा एपीएफकी रितु कनोजिया, सरिता मगर र सीता राना मगरले समान २(२ विके लिइन। प्लेर अफ द म्याच रिता राना मगर घोषित भइन। सो अबसरमा वेस्ट वलर प्रदेश १ कि संगिता राई, वेष्ट व्याट्सम्यान प्रदेश ७ कि कबिता जोशी, प्लेयर अफ द टुनामेन्ट प्रदेश १ कि रुविना क्षेत्री भइन। दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषदका केन्द्रीय सदस्य विनोद मैनालीको प्रमुख आतिथ्यतामा बिजेतालाई मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो १

आईटीएफ तेक्वान्दोः आर्मी पहिलो

आठौ राष्ट्रिय खेलकुद अन्तरगत नेपालगञ्जमा सम्पन्न आइटिएफ तेक्वान्दोमा नेपाल आर्मी क्लब च्याम्पियन भएको छ। आर्मीले १६ स्वर्ण,२ रजत र ४ काश्य पदक हात पारेको छ। ४ स्वर्ण, ९ रजत र ४ काश्य पदक जितेको एपीएफ दोश्रो भएको छ। यसैगरी, ४ स्वर्ण,७ रजत र १० काश्य पदक सहित तीन नम्बर प्रदेश तेश्रो भयो।

प्रतियोगितामा नेपाल आर्मी क्लबकी तुलसा राजथलाले तीन स्वर्ण पदक हात पारेकी छिन्। तेश्रो स्वर्ण जित्ने क्रममा उनले मंगलबार ६१–६५ तौल समुहमा स्वर्ण पदक जितिन्। सो समुहमा पाचँ नम्बर प्रदेशकी जानुका कणेँलले रजत तथा कर्णाली प्रदेशकी रमा रिजाल र श्वेता राइले काश्य पदक जिते। महिलाकै ६५–७० किलो तौल समुहमा आर्मीकी कामना पुनले स्वर्ण पदक जितेकी छन्। तीन नम्बर  प्रदेशकी डोल्मा गुरुङले रजत तथा गण्डकी प्रदेशकी बसन्ती बुढाथोकी र प्रदेश नम्बर एककी मिक्की गुरुङले काश्य पदक जिते। ७० किलो माथि आर्मीकी कायम लीम्बुले स्वर्ण पदक जितेकी छिन् । गण्डकी प्रदेशकी निकिता तामाङले रजत तथा पाचँ नम्बर प्रदेशकी सृजना चौधरी र  सात  नम्बर प्रदेशकी सृजना सिजापतीले काश्य पदक जिते। पुरुषको ७६–८० किलो तौल समुहमा पाचँ नम्बर प्रदेशका साजन पञ्चभैयाले स्वर्ण, तीन नम्बर प्रदेशका सुजन पुलामी मगरले रजत तथा आर्मीका विजय सुनुवार र गण्डकी  प्रदेशका राजन रसाइलीेले काश्य पदक जिते।

८० किलो भन्दा माथि आर्मीका चाउची डंगोलले स्वर्ण पदक जित्दा, गण्डकी  प्रदेशका सुदिप आचार्यले रजत पदक जिते। तीन नम्बर प्रदेशका सागर बानीया र प्रदेश नम्बर दुइका शेर बहादुर सारु मगरले काश्य पदक जिते।

पुरुष फुटबलः आर्मी र पुलिस भिड्ने

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा नेपाल पुलिस क्लब फाईनल प्रवेश गरेको छ। मंगलबार नेपालगञ्ज रंगशालामा भएको सेमिफाईनल खेलमा एपीएफलाई २–१ गोल अन्तरले पराजित गर्दै पुलिसले  फाईनल यात्रा पक्का गरेको हो।  विभागीय डर्बीमा पुलिसलाई जिताउन रवि पासवान र तेज तामाङले गोल गरेका थिए। एपीएफका आशिष लामाले भने एक गोल फर्काए। खेलको नवौ मिनेटमा रविले गोल गर्दै पुलिसलाई अग्रता दिलाए। उनले डि बक्स बाहिरबाट हानेको प्रहार दोस्रो बार हुँदै गोल भएको थियो। खेलको ३४ औ मिनेटमा पुलिसले अग्रतालाई दोब्बर बनायसगै तेजको एकल प्रयासमा एपीएफका दुई डिफेन्डरलाई विट गर्दै गोल गर्न सफल रहे। ७२ औ मिनेटमा एपीएफका आशिष लामाले गोल गर्दै एपीएफलाई खेलमा फर्काउने कोशिश अनत्त सफल हुन सकेन।

पुलिसले उपाधिका लागि अर्को विभागीय टिम आर्मीसंग भोली प्रतिस्पर्धा गर्नेछ। आर्मिले मंगलबार ५ नम्बर प्रदेशलाई ३–२ गोल अन्तरले हराउदै फाइनलमा पुगेको थियो।

 

 

प्रकाशित मिति: : 2019-04-23 22:23:58

प्रतिकृया दिनुहोस्