आठौं राष्ट्रिय खेलकुद: स्पाइक सुज नहुँदाको पीडा

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स खेलका प्रतिस्पर्धा दाङको बेलझुन्डीमा आयोजना भइरहेको छ। सोमबारसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन सात प्रदेश, तीन विभागीय र एनआरएनए गरी ११ टोली अहिले बेलझुन्डीमा छन्। सर्वाधिक महत्त्वको घरेलु प्रतियोगितामा सहभागी भएकामध्ये एक हुन्, सुर्खेत कालागाउँकी सेरेस्ना सिरपाली ।

भर्खर १३ वर्ष लागेकी सेरेस्नाले ट्र्याकका दुई विधामा प्रतिस्पर्धा गरिन्, एक सय र दुई मिटर दौडमा। ९ कक्षामा अध्ययनरत सेरेस्ना दुवै स्पर्धामा हिट चरणबाटै बाहिरिइन्। एक सय मिटरको हिटमा उनी चौथो स्थानमा रहिन् भने दुई सय मिटरमा पाँचौं स्थानमा रहेर दौड पूरा गरिन् ।

जिल्ला तथा प्रदेशस्तरीय प्रतियोगितामा पहिलो हुँदै राष्ट्रिय प्रतियोगिता खेल्न दाङ पुगेकी सेरेस्ना हिट चरणबाटै बाहिरिएपछि निकै भावुक भइन्। उनी ठूलै आश लिएर प्रतियोगितामा सहभागी भएकी थिइन् तर उनको आशा पूरा हुन सकेन ...

प्रकाशित मिति: : 2019-04-21 08:20:12

प्रतिकृया दिनुहोस्